वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले यातयात व्यवस्था कार्यालय नारायणी वीरगंजमा छापा मारेको छ । शुक्रबार दिउँसो हेटौँबाट आएको अख्तियारको टोलीले छापा हानेको बताइएको छ । यातयात कार्यालय वीरगंजमा अनियमितता बढेको आरोप लागिरहेको बेला अख्तियारले छापा हानेको हो । घट्नाको थप विवरण आउन बाँकी छ ।