spot_img

अण्डमान सागरमा डुङ्गा दुर्घटना: २५० बेपत्ता, ९ जनाको उद्धार

spot_img
spot_img

काठमाडौं,०२ वैशाख । रोजगारीको खोजीमा बंगलादेश बाट मलेशिया तर्फ जाँदै गरेको शरणार्थी बोकेको डुङ्गा अण्डमान सागर मा दुर्घटनाग्रस्त हुँदा करिब २५० जना बेपत्ता भएका छन् भने ९ जनालाई जीवितै उद्धार गरिएको छ।

संयुक्त राष्ट्र संघ अन्तर्गतका शरणार्थी तथा प्रवासन एजेन्सीहरूले घटनाको पुष्टि गर्दै ठूलो मानवीय क्षतिको आशंका व्यक्त गरेका छन्। माछा मार्ने सानो डुङ्गामा क्षमताभन्दा बढी यात्रु राखिएको र खराब मौसमका कारण दुर्घटना भएको जनाइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी का अनुसार, तीव्र हावा र उच्च समुद्री छालका कारण डुङ्गा डुबेको हो। बंगलादेश को कोस्ट गार्डले अप्रिल ९ मा समुद्रमा संघर्ष गरिरहेका ९ जनालाई उद्धार गरेको थियो।

उद्धार गरिएकामध्ये ४० वर्षीय रफिकुल इस्लाम ले आफू करिब ३६ घण्टा समुद्रमा तैरिएर बाँच्न सफल भएको बताएका छन्। उनले राम्रो रोजगारीको आशामा यस्तो जोखिमपूर्ण यात्रा रोजेको बताए।

म्यानमार का रोहिङ्ग्या मुस्लिम समुदाय सन् २०१७ को हिंसापछि ठूलो संख्यामा बंगलादेश मा शरण लिइरहेका छन्। नागरिकता अभाव र शरणार्थी शिविरको कठिन अवस्थाका कारण उनीहरू प्रायः जोखिमपूर्ण समुद्री मार्ग हुँदै मलेशिया तथा इन्डोनेसियातर्फ जान बाध्य हुने गरेका छन्।

यस घटनाले समुद्रमार्फत हुने शरणार्थी आवागमनसँग जोडिएको गम्भीर मानवीय संकटलाई फेरि उजागर गरेको छ। प्रतिकूल मौसमका बीच उद्धार टोलीले बेपत्ताहरूको खोजी कार्य जारी राखे पनि उल्लेखनीय सफलता भने हासिल हुन सकेको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय