Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

इण्डियन प्रिमियर लिगमा राजस्थानको जित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले महत्वपूर्ण जित निकालेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै राजस्थानले प्लेअफको सम्भावना जिवितै राखेको छ ।

राजस्थानको जयपुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन बनाएको थियो । हैदराबादका लागि मनिष पाण्डेले ६१ रनको उत्कृष्ट इनिङ खेले । उनले ३६ बलमा ९ चौका प्रहार गरेका थिए । डेविड वार्नरले ३७ रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।

बलिङतर्फ बरुण अरुण, ओशेन थोमस, श्रेयस गोपाल र जयदेव यनाड्कटले २–२ विकेट लिए ।

१६१ रनको लक्ष्य राजस्थानले इनिङ सकिनुभन्दा ५ बल अघि पूरा गर्‍यो । उसका लागि सन्जु सामसनले अविजित ४८ रनको योगदान दिए भने लियाम लिभिङस्टोनल ४४, अजिन्क्या रहाणेले ३९ र स्टिभ स्मिथले २२ रन बनाए ।

जितसँगै रोयल्सले १२ खेलबाट १० अंक बनाएको छ । हैदराबादको ११ खेलबाट १० अंक छ ।

ताजा समाचार

थप समाचार