spot_img

जन्मकैद सजाय पाएका व्यक्ति कारागारबाट भागेर फेरि हत्यामा संलग्न

spot_img
spot_img

काठमाडौं,१७ वैशाख । बलात्कारपछि हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका एक व्यक्ति कारागारबाट भागेर पुनः अर्को हत्यामा संलग्न भएको घटना सार्वजनिक भएको छ।

सञ्जय विक लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चाबहिलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार विकले २०८० मंसिर ५ गते पोखरामा ३९ वर्षीया सुकु विकलाई होटलको कोठामा बलात्कार गरी हत्या गरेका थिए। उक्त घटनामा उनलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो र उनी कास्की कारागारमा थिए।

तर २०८२ भदौ २४ गते कारागारबाट फरार भएका उनी पछि फेरि आपराधिक घटनामा संलग्न भएको खुलेको छ।

प्रहरी अनुसन्धान अनुसार विक २०८२ चैत २२ गते पूर्वी नवलपरासीको देवचुली–१६ मा भएको हत्याकाण्डमा समेत जोडिएका छन्। उक्त घटनामा ७५ वर्षीय जीवनराम थनेत र ७० वर्षीया गुलाब सिनिया चनेतलाई घरेलु हतियारले आक्रमण गरी लुटपाट गरिएको थियो। घाइते जीवनरामको उपचारको क्रममा मृत्यु भएको थियो।

एक हत्यामा जन्मकैद भोगिरहेका व्यक्ति कारागारबाट फरार भई अर्को हत्यामा संलग्न भएको पाइएको भन्दै प्रहरीले उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाएको जनाएको छ।घटनाले कारागार सुरक्षामाथि प्रश्न उठाएको छ भने फरार कैदी नियन्त्रण प्रणालीबारे पनि गम्भीर समीक्षा आवश्यक भएको सुरक्षा निकायले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय