spot_img

सर्लाहीमा अवैध गर्भपतन क्लिनिकमा छापा, सञ्चालक पक्राउ

spot_img
spot_img

सर्लाही,१७ वैशाख । लालबन्दी नगरपालिका–२ नवलपुर जुटपानी क्षेत्रमा भाडाको घरमा अवैध रूपमा सञ्चालन हुँदै आएको गर्भपतन क्लिनिकमा प्रहरीले छापा मारेको छ।

छापाको क्रममा क्लिनिक सञ्चालक धनुषा लक्ष्मीनिया गाउँपालिका–२ का ४५ वर्षीय लालबाबु राय यादव पक्राउ परेका छन्। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार अनुमति बिना स्वास्थ्य सेवा सञ्चालन भइरहेको सूचनाका आधारमा कारबाही गरिएको हो।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाका अनुसार अनुगमनका क्रममा गर्भपतनमा प्रयोग हुने औषधि तथा उपकरण बरामद गरिएको छ। क्लिनिक कुनै दर्ता वा बोर्डबिना सञ्चालन भइरहेको पाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे नेतृत्वको टोलीले अनुगमनपछि क्लिनिक सिल गरेको हो।

यसैबीच नवलपुर र मलङ्गवा क्षेत्रमा स्वास्थ्य संस्थामाथि निगरानी बढाइएको छ। हालै गरिएको अनुगमनमा १३ वटा स्वास्थ्य संस्था तथा औषधि पसल जाँच गर्दा ५ वटा सिल गरिएको, १ लाई जरिवाना गरिएको र २ संस्थालाई कागजात पूरा गर्न सात दिनको समय दिइएको प्रशासनले जनाएको छ।

प्रशासनले अवैध स्वास्थ्य सेवा सञ्चालनविरुद्ध कडाइका साथ कारबाही जारी रहने स्पष्ट पारेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय