spot_img

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न शिक्षक महासंघको दबाब

spot_img
spot_img

काठमाडौं,१७ वैशाख । नेपाल शिक्षक महासंघ ले सरकारसँग विगतका सहमतिअनुसार विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गरेको छ। महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षाक्षेत्रका थुप्रै समस्या समाधानका लागि ऐन आवश्यक रहेको जनाएको हो।

महासंघका अनुसार स्थायी, अस्थायी, राहत, करार, बालकक्षा, विशेष शिक्षा तथा विद्यालय कर्मचारीका विविध समस्या समेटिने गरी अग्रगामी ऐन यही संसदीय अधिवेशनबाटै ल्याइनुपर्ने माग गरिएको छ।

यससँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षालाई प्राथमिकतामा राख्दै कुल बजेटको कम्तीमा २० प्रतिशत विनियोजन गर्न पनि महासंघले सरकारसँग आग्रह गरेको छ।

महासंघले हालै गरिएको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई सकारात्मक रूपमा लिँदै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहयोग गर्न अपिल गरेको छ।

शिक्षा सुधारका मुद्दामा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको गुनासो गर्दै महासंघले आवश्यक परे थप दबाबमूलक कार्यक्रम अघि बढाउने संकेत समेत दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय