नयाँ दिल्ली— भारतीय सेनाले मकालु वरुण राष्ट्रिय निकुञ्जमा ‘यति’ को पाइला भेटिएको भन्दै तस्विर सहितको विवरण ट्वीट गरेपछि सामाजिक संजालमा त्यसको चर्चा भइरहेको छ।
मानिसहरुले भारतीय सेनाको उक्त दाबीलाई ठट्टा र अन्धविश्वासको संज्ञा दिएका छन्।
‘यति’ विशेषगरी दक्षिण एसियाका लोककथाहरुमा हिम मानव भएको विश्वास गरिन्छ। हिमाली क्षेत्रमा बस्ने मानिसहरुले आफूहरुले यति देखेको दाबी गरेता पनि हालसम्म यतिको तस्विरहरु सार्वजनिक भएका छैनन्।
भारतीय सेनाले लोक कथाकै उदाहरण दिँदै यतिको पाइलाको तस्विर सार्वजनिक गरेको हो।
यस्तै. सेनाले यति यसअघि मकालु वरुण निकुञ्जमा मात्रै देखा पर्ने गरेको दाबीसमेत गरेको छ।
अप्रिल ९ मा भेटिएका पाइलाका तस्विर पुराना तथ्यहरुको जाँच गरी अहिले सार्वजनिक गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
तर, भारतीय समाजिक संजाल प्रयोगकर्ताहरुले भने सेनाको दाबीलाई ठट्टाका रुपमा व्याख्या गरेका छन्।