Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

पतिले जलाएकी अर्की महिलाको मृत्यु: मट्टितेल छर्केर आगो लगाएको थियो निर्मलादेवीलाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं: धनुषामा पतिले नै मट्टितेल छर्केर आगो लगाएको एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

शहीदनगर नगरपालिका १ ठुलो चिरैया बस्ने २१ वर्षीया निर्मलादेवी यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

घरायसी विवादको कारण वैशाख ५ गते उनकै पति मुकेश कुमार गोइतले मट्टितेल छर्केर आगो लगाई दिँदा गम्भीर घाइते भएको बताइएकी उनको कीर्तिपुर वर्ण अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो।

‘घटनाको भोलिपल्ट मात्र हामीले अस्पतालमा रहेको प्रहरीबाट जानकारी पाएका थियौं। त्यति समयसम्म पति फरार भइसकेका थिए,‘ एसपी खनालले भने।

हाल फरार मुकेशको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिए।

गत शुक्रबार सिरहामा मट्टितेल छर्केर जिउँदै जलाइएकी १८ वर्षकी कञ्चनदेवी मण्डलको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो। सिरहाबाट थप उपचारको लागि साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा ल्याइएको उनको साँझ ५ बजे मृत्यु भएको थियो।

घरायसी विवादमा आफूलाई पतिले आगो लगाएको बयान कञ्चनले दिएकी छिन्। पति बेचन फरार छन्। घटनामा सासुको समेत संलग्नता भएको बयान दिएपछि प्रहरीले सासुलाई समेत नियन्त्रणा लिएको छ।

ताजा समाचार

थप समाचार