spot_img

एमआरपी स्टिकर नभएका सामान रोकिएपछि रसुवामा भन्सार जाँचपास बन्द

spot_img
spot_img

रसुवा,१७ वैशाख  । चीनबाट आयात गरिएका वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नटाँसिएको पाइएपछि रसुवा भन्सार कार्यालय टिमुरेले जाँचपास प्रक्रिया अस्थायी रूपमा रोकिदिएको छ।

भन्सार कार्यालयका अनुसार खाद्य तथा गैरखाद्य दुवै प्रकारका उपभोग्य वस्तुमा एमआरपी उल्लेख नभएका सयौँ ट्रक सामान हाल भन्सार परिसरमै रोकिएका छन्।

प्रचलित उपभोक्ता संरक्षण नियमअनुसार आयातित सबै उपभोग्य वस्तुमा स्पष्ट रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था छ। तर धेरै आयातकर्ताले यो नियम पालना नगरेपछि जाँचपास रोकिएको हो।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार नियम विपरीत सामग्री ल्याइएकाले जाँचपास प्रक्रिया अघि बढाउन नसकिएको हो। उनले उपभोक्ता मूल्य स्पष्ट नगरी आयात गर्नु कानुनी रूपमा गलत भएको बताए।

उनका अनुसार उद्योग तथा जलविद्युत् परियोजनासम्बन्धी सामग्रीको भने मूल्याङ्कन गरी जाँचपास गरिने गरिएको छ।

एमआरपी बिना आएका सामानका कारण भन्सार परिसरमा सयौँ ट्रक मालसामान रोकिएका छन्। यसले आयात प्रक्रिया केही समय प्रभावित भए पनि उपभोक्ता अधिकार संरक्षणका लागि आवश्यक कदम भएको भन्सार कार्यालयले जनाएको छ।

भन्सारले सबै आयातकर्तालाई प्रत्येक प्याकेटमा अनिवार्य रूपमा एमआरपी स्टिकर टाँसेर मात्र सामान आयात गर्न कडा आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय