Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

फोरम-नयाँ शक्ति एकता २३ गते, यस्तो छ भागबण्डाको तयारी !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् । फोरम र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी भइरहेको छ ।

स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । पार्टीको अध्यक्ष डा.बाबुराम भट्टराई हुनेछन् भने कार्यकारी अध्यक्ष उपेन्द्र यादव हुने सहमति भएको फोरम नेपाल पार्टीका एक नेताले बताए । अशोक राईलाई वरिष्ठ नेता राख्ने सहमति पनि भएको छ ।

यी तीन जनाको नाम राखेर मात्र पार्टी एकीकरणको घोषणा हुनेछ । त्यसपछि अन्य पदाधिकारीको विषयमा सहमति गर्ने स्रोतले जनाएको छ । महासचिवमा उपेन्द्र यादवको तर्फबाट रामसहाय यादव रहने, बाबुराम भट्टराईको तर्फबाट गंगा श्रेष्ठ र अशोक राईको तर्फबाट राजेन्द्र श्रेष्ठ महासचिव रहने मोटामोटा सहमति भएको बताइएको छ ।

प्रदेश १, २ र ५ मा फोरम नेपालका तर्फबाट जो अध्यक्ष छन् उनीहरु नै रहने, ३ नम्बर प्रदेशमा अशोक राईको तर्फबाट र ६ र ७ नम्बर प्रदेशमा डा।बाबुराम भट्टराईका तर्फबाट अध्यक्ष रहने मोटामोटी सहमति भएको स्रोतले जनाएको छ ।

प्रदेश १, २ र ५ मा मनोनित हुने सदस्य तथा पदाधिकारीमा नयाँ शक्तिबाट समायोजन गरिनेछ भने अन्य प्रदेशमा पनि वरिष्ठताका हिसाबले तीनवटै समूहबाट समायोजन गरिने बताइएको छ ।
पार्टी एकीकरण गर्न बनेको वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको छ ।
एकता प्रक्रियालाई अन्तिम रुप दिने उद्देश्यका साथ बिहीबार यादव र भट्टराईबीच ‘वान टु वान’ वार्ता भएको छ ।

दुई अध्यक्षबीच विहान पहिलो एक चरणको ‘वान टु वान’ वार्ता सकिएको छ भने दोस्रो चरणको छलफल पनि आजै बुढानीलकण्ठको एक घरमा चलिरहेको नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ ।
विहान भएको छलफलबाट दुवैजना अध्यक्षले एकीकृत पार्टीको आधिकारिक दस्तावेज तयार गरेको बताइएको छ । यस्तै दोस्रो चरणको छलफलबाट दस्ताबेजलाई अन्तिम रुप दिइने छ ।
ती दस्तावेजलाई शुक्रवार बस्ने नयाँ शक्ति पार्टीको सचिवालय बैठक र शनिवार बस्ने फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराइने बताइएको छ ।

ताजा समाचार

थप समाचार