Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख...

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab)...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

फोरम-नयाँ शक्ति एकता २३ गते, यस्तो छ भागबण्डाको तयारी !

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् । फोरम र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी भइरहेको छ ।

- Advertisement -

स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । पार्टीको अध्यक्ष डा.बाबुराम भट्टराई हुनेछन् भने कार्यकारी अध्यक्ष उपेन्द्र यादव हुने सहमति भएको फोरम नेपाल पार्टीका एक नेताले बताए । अशोक राईलाई वरिष्ठ नेता राख्ने सहमति पनि भएको छ ।

यी तीन जनाको नाम राखेर मात्र पार्टी एकीकरणको घोषणा हुनेछ । त्यसपछि अन्य पदाधिकारीको विषयमा सहमति गर्ने स्रोतले जनाएको छ । महासचिवमा उपेन्द्र यादवको तर्फबाट रामसहाय यादव रहने, बाबुराम भट्टराईको तर्फबाट गंगा श्रेष्ठ र अशोक राईको तर्फबाट राजेन्द्र श्रेष्ठ महासचिव रहने मोटामोटा सहमति भएको बताइएको छ ।

- Advertisement -

प्रदेश १, २ र ५ मा फोरम नेपालका तर्फबाट जो अध्यक्ष छन् उनीहरु नै रहने, ३ नम्बर प्रदेशमा अशोक राईको तर्फबाट र ६ र ७ नम्बर प्रदेशमा डा।बाबुराम भट्टराईका तर्फबाट अध्यक्ष रहने मोटामोटी सहमति भएको स्रोतले जनाएको छ ।

प्रदेश १, २ र ५ मा मनोनित हुने सदस्य तथा पदाधिकारीमा नयाँ शक्तिबाट समायोजन गरिनेछ भने अन्य प्रदेशमा पनि वरिष्ठताका हिसाबले तीनवटै समूहबाट समायोजन गरिने बताइएको छ ।
पार्टी एकीकरण गर्न बनेको वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको छ ।
एकता प्रक्रियालाई अन्तिम रुप दिने उद्देश्यका साथ बिहीबार यादव र भट्टराईबीच ‘वान टु वान’ वार्ता भएको छ ।

दुई अध्यक्षबीच विहान पहिलो एक चरणको ‘वान टु वान’ वार्ता सकिएको छ भने दोस्रो चरणको छलफल पनि आजै बुढानीलकण्ठको एक घरमा चलिरहेको नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ ।
विहान भएको छलफलबाट दुवैजना अध्यक्षले एकीकृत पार्टीको आधिकारिक दस्तावेज तयार गरेको बताइएको छ । यस्तै दोस्रो चरणको छलफलबाट दस्ताबेजलाई अन्तिम रुप दिइने छ ।
ती दस्तावेजलाई शुक्रवार बस्ने नयाँ शक्ति पार्टीको सचिवालय बैठक र शनिवार बस्ने फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराइने बताइएको छ ।

ताजा समाचार

spot_img

थप समाचार