21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
27.7 C
Birgunj

आईपीएल : दिल्ली र राजस्थान भिड्दै, सन्दीप पर्ने सम्भावना कति ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सले आज राजस्थान रोयल्ससँग खेल्दैछ । इन्डियन प्रिमियर लिग (आईपीएल) को राउण्ड रोविन लिगको अन्तिम खेल राजस्थानसँग आफ्नै घरेलु मैदानमा खेल्दैछ । १३ खेलमा १६ अंक जोडेको दिल्ली ६ वर्षपछि पहिलो पटक प्लेअफमा पुगिसकेको छ भने राजस्थान लिगको छैठौं स्थानमा छ ।

- Advertisement -

११ अंकरहेको राजस्थानको प्लेअफमा पुग्ने सम्भावना निकै कम छ । दिल्लसिँग जितेपनि १३ अंकमात्रै हुने राजस्थान भन्दा अगाडि एक खेल बाँकी रहँदा १२—१२ अंकसहित हैदरवाद र कोलकाता चौथो र पाँचौ स्थानमा छन् ।

- Advertisement -

दिल्लकिा लागि महत्वपूर्ण खेलाडी तथा आईपीएलका सर्वाधिक विकेट लिने खेलाडी कागिसो रबाडा टिममा नहुँदा भने केही हदसम्म दबाबमा रहनेछ । यस्तै, आइपीएलमा रन नियन्त्रण गर्न नसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आजको खेलमा टिममा स्थान पाउने सम्भावना कम छ ।

तरपनि अघिल्लो खेलमा सन्दीपको स्थानमा मैदान प्रवेश गरेका क्रिस मोरीस महँगा सावित भएका कारण सन्दीपले स्थान पाउने क्रिकेट विश्लेषकको आँकलन छ । सन्दीपले यो सिजनको आईपीएलमा खेलेका ८ खेलबाट ८ विकेट लिएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -