मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

फोरम र नयाँ शक्तिबीच पार्टी एकता, बन्यो समाजवादी पार्टी नेपाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । उेपन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

- Advertisement -

फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आज सहमति पत्रमा हस्ताक्षर गरेका छन् । दुवै पार्टी एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने छ ।

पार्टी एकताको घोषणासभा पर्सि वैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा हुनेछ ।

- Advertisement -

‘विगत केही समयदेखिको व्यापक छलफल र विचार विमर्शपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण गरी समाजवादी पार्टी नेपाल पार्टी निर्माण गर्ने ऐतिहासिक सहमति भएको छ’ सहमतिपत्रमा भनिएको छ ।

समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्री असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने सहमतिमा उल्लेख छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -