शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

‘मेरो सरकार’मा काँग्रेसको आपत्ति, संशोधन दर्ता गराउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ, २१ बैशाख । प्रखुम प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको ‘मेरो सरकार’ भन्ने शब्दावली सच्याउन माग गर्दै संशोधन दर्ता गर्ने भएको छ ।

- Advertisement -

शनिबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई काल्पनिक निबन्धको संज्ञा दिँदै संशोधनका लागि सूचना दर्ता गर्ने निर्णय गरेको हो ।

काँग्रेसले नीति तथा कार्यक्रमको बुँदा नं ३ देखि २ सय १५ सम्म विभिन्न बुँदामा सरकारलाई मेरो सरकार भनि लेखिएको सट्टा नेपाल सरकार भनि संशोधन गर्नुपर्ने भनेको छ । यस्तै,  प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार माथि हस्तक्षेप गरी संघीयता कमजोर बनाउने विषय संसोधन गर्न माग गरेको छ ।

- Advertisement -

काँग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र प्रमुख सचेतक बालकृष्ण खाणले सभामुखलाई नीति तथा संशोधनका लागि सूचना पेस गर्ने भएका छन् ।

लोकतान्त्रिक शासन व्यवस्थामा आधारभूत संरचना कमजोर पार्ने कार्यक्रमहरु प्स्तावित गरेको तथा विद्यामान परिस्थितिमा आवश्यक नीतिगत प्रष्टता सहित सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कार्यक्रमगत प्रष्टता नभएको भन्दै नीति तथा कार्यक्रम सबै बुँदामा वार्षिक नीति तथा कार्यक्रम संशोधनका लागि सूचना पेश गर्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकपछि बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकमा सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको भन्नेमा एकमत रहेको बताए ।

बैठकमा राष्ट्रपतिले अघिल्लो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकार, यो सरकारले भन्ने गरेकोमा यो पटक मेरो सरकार भन्नुको तात्पर्य कतै प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई कार्यकारी अधिकार दिन खोजेको त हैन भन्ने आशंका उब्जिएको नेता खाँणले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -