डोटी, २२ वैशाख — डोटीको आदर्श गाउँपालिका १ मेलगडामा बाख्राको काचै मासु खाँदा १६ जना बिरामी परेका छन् ।
शनिबार दिउँसो बाख्राको काचो मासु खाँदा बिरामी परेका उनीहरुको जिल्लाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बिरामी पर्नेमा बालबालिका र वृद्ध वृद्धा समेत छन् । अस्पतालमा भर्ना भएका सबैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
- Advertisement -
१६ जना मध्ये चारजना उपचारपछि घर फर्किएका छन् । बाँकी १२ जनाको उपचार भइरहेको र आज बेलुकीसम्म उनीहरुको पनि डिस्चार्ज हुने अस्पतालले जानकारी दिएको डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिएका छन ।