Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

विद्युत् प्राधिकरणले प्राविधिक कारण...

काठमाडौँ,१६ वैशाख । नेपाल विद्युत् प्राधिकरणले मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण...

मकवानपुरमा रुखले च्याप्दा एक...

मकवानपुर,१६ वैशाख । मकवानपुरको बागमती गाउँपालिका–३ स्थित देउजोरमा रुख काट्ने क्रममा च्यापिएर एक...

शिक्षक आन्दोलनलाई सत्ता अस्थिर...

काठमाडौँ,१६ वैशाख । सत्तारूढ नेकपा एमालेले आन्दोलनरत शिक्षकहरूको संवेदनशील मागलाई राजनीतिक अस्त्रको रूपमा...

प्रतिनिधिसभामा शिक्षक आन्दोलनबारे गम्भीर...

काठमाडौँ,१६ वैशाख । प्रतिनिधिसभाको आजको बैठक विपक्षी सांसदहरूको विरोधका साथ सुरु भयो। बैठक...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
30.6 C
Birgunj
spot_imgspot_imgspot_img

सरकारसँग पूँजी बृद्धि गर्ने ज्ञान र सिप नै छैन : देउवा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम बकम्फूसे भएको टिप्पणी गरेको छ ।

- Advertisement -

आइतबारबाट संसदमा सुरु भएको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले लहडमा कार्यक्रमहरु प्रस्ताव गरिएको बताए । उनले आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस लिन खोजेको आरोप लगाए ।

न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएको भन्दै उनले भने, ‘यो सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो बकम्फूसे दाबी गरेको छ ।’

- Advertisement -

भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको भन्दै उनले यो अनुदानमा मात्र बन्नुपर्ने बताए । भारतमा प्रस्तावित एउटा जलमार्गका लागि १११ करोड लाग्ने भएपनि सरकारले पानी जहाज आइसके झै गरेर पानी जहाज कार्यालय खोलेको पूर्वप्रधानमन्त्री देउवाले बताए ।

राणाको पालादेखि नै चलेको स्टिमरलाई नयाँ आविस्कारका रुपमा प्रचार गरेको उनको आरोप छ । उनले वर्तमान सरकारसँग पूँजी कसरी बृद्धि गर्ने भन्ने ज्ञान र सिप नै नभएको दाबी समेत गरेका छन् ।

ताजा समाचार

spot_img

थप समाचार