Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

सरकारसँग पूँजी बृद्धि गर्ने ज्ञान र सिप नै छैन : देउवा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम बकम्फूसे भएको टिप्पणी गरेको छ ।

आइतबारबाट संसदमा सुरु भएको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले लहडमा कार्यक्रमहरु प्रस्ताव गरिएको बताए । उनले आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस लिन खोजेको आरोप लगाए ।

न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएको भन्दै उनले भने, ‘यो सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो बकम्फूसे दाबी गरेको छ ।’

भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको भन्दै उनले यो अनुदानमा मात्र बन्नुपर्ने बताए । भारतमा प्रस्तावित एउटा जलमार्गका लागि १११ करोड लाग्ने भएपनि सरकारले पानी जहाज आइसके झै गरेर पानी जहाज कार्यालय खोलेको पूर्वप्रधानमन्त्री देउवाले बताए ।

राणाको पालादेखि नै चलेको स्टिमरलाई नयाँ आविस्कारका रुपमा प्रचार गरेको उनको आरोप छ । उनले वर्तमान सरकारसँग पूँजी कसरी बृद्धि गर्ने भन्ने ज्ञान र सिप नै नभएको दाबी समेत गरेका छन् ।

ताजा समाचार

थप समाचार