Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

राजेन्द्र महतोको प्रश्न – नीति तथा कार्यक्रम भाङ खाएर लेखेको कि आधा निन्द्रामा ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारको नीति तथा कार्यंक्रम शाही सम्बोधनको शैलीमा आएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्दै सांसद महतोले नीति तथा कार्यक्रम शाही सम्बोधनको शैलीमा आएको भन्दै राजतन्त्रमा मात्र श्री ५ को सरकार र मेरो सरकार भन्ने गरिएको बताए ।

सरकारले पेश गरेको नीति तथा कार्यक्रम झुटको खेती र सफेद झठ भएको बताए । उनले भने,‘दिन दाहाडै डकैती भइरहेको छ । जनतालाई ढाट्टे गुमराहा गर्ने निति कार्यक्रम आएको छ । ’

नीति तथा कार्यक्रममा संविधानको सर्वस्वीकार्यतामा अब विमत्ति छैन भनिएको भन्दै सांसद महतोले कहिलेदेखि विमत्ति छैन ? भन्दै प्रश्न गरे ।

‘संविधानको सर्वस्वीकार्यतामा अब विमत्ति छैन भनेको रहेछ’ सांसद महतोले प्रश्न गरे,‘कहिलेदेखि विमत्ति भएन ? कसरी लेखियो यो नीति कार्यक्रम, आधा निन्द्रामा लेखेको हो कि कसो ?’

‘यो संविधानमा विमत्ति छैन रे, भो अब रु पाचासौं पटक हाउसमा हामीले विमत्ति जनाएको’ उनले भने,‘संविधानमा विमत्ति भन्दै नोट अफ डिसेन्ट लेखको मान्छे प्रचण्डजीले कसरी विमत्ति छैन भन्ने रु उपेन्द्र जी पनि संशोध गर्न सरकामा जानु भएको हो अनि विमत्ति छैन भन्न मिल्छ ?’

उनले भने, ‘नाकाबन्दीसम्मको कुरा संविधानमा विमत्ति जनाएको होइन र रु सयौं मानिसले ज्यान गुमाएको विमत्ति होइन रु मधेश थरुहठ आन्दोलन विमत्ति होइन रु जे मन लाग्यो त्यही लेख्ने गजब भै गो !’

आफूहरुले सरकारलाई समर्थन दिने क्रममा प्रधानमन्त्रीले संशोधन हुन्छ भनेर रोस्टमबाट स्वीकार गरेको उल्लेख गर्दै सांसद महतोले प्रश्न गरे,‘ यो नीति कार्यक्रम भाङ खाएर लेखेको त होइन होला नी ? भाङ खाएर त लेखिदैन नि !’

उनले संविधानलाई स्वीकार गरिएको भएपनि पूर्ण रुप्मा स्वीकार्य नभएको बताए ।

ताजा समाचार

थप समाचार