spot_img

चलचित्र दाल भात तरकारी देशभर प्रदर्शन

spot_img
spot_img

काठमाण्डौ, २२ बैशाख — शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र दाल भात तरकारीले देशभर हाउसफुल व्यापार गरेको छ ।

मौसममा आएको खराबीका कारण पहिलो शो प्रभावित हुनसक्ने भनिए पनि दर्शकले चलचित्र हल भरिएको थियो । यसले चलचित्र दाल भात तरकारीलाई दर्शकले तीव्र प्रतिक्षा गरिरहेको बुझाउने कलाकार तथा निर्माता राजाराम पौडेल बताउनुहुन्छ ।

अहिले दशैभर प्रदर्शन भइरहेको यस चलचित्रले राम्रै व्यापार गरिरहेको निर्माता टिमले बताएको छ । चलचित्र दालभात तरकारीले अमेरिका जान मरिमेट्ने एक नेपाली परिवारको कथा प्रस्तुत गरेको छ ।

चलचित्रले गम्भीर विषयवस्तुलाई हास्य शैलीमा प्रस्तुत गरेको छ । २ घण्टा १० मिनेट लामो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बांदेल, विल्सनविक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् भने निर्देशन सुदन केसीले गरेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत तथा दीर्घ गुरुङको छायांकन रहेको छ ।

यस चलचित्रमा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमानसिंह कुँवर, शिशिर बाङ्देल, विल्सनविक्रम राई, दिपेन्द्र खनिया र सुमित मैनालीको संयुक्त लगानी छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय