spot_img

न्याय माग्दै माइतीघरमा दलित समुदायको प्रदर्शन

spot_img
spot_img

काठमाडौं,२० वैशाख । सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको शंकास्पद मृत्यु घटनामा न्यायको माग गर्दै दलित समुदायले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन साहले पीडित परिवारलाई भेट्न समय नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

संयुक्त दलित राजनीतिक संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले श्रीकृष्ण विश्वकर्माको प्रहरी चौकीमै हत्या भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। समितिका संयोजक दलजित श्रीपालीले गृह प्रशासनकै मातहत गठन गरिएको छानबिन समितिप्रति अविश्वास व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताए।

उनका अनुसार घटना सिन्धुलीको खुर्कोट प्रहरी चौकीमा भएकाले अनुसन्धान पनि त्यहीँबाट सुरु गरिनुपर्ने र पीडित परिवारलाई कानुनी प्रक्रिया अघि बढाउन सहज वातावरण दिनुपर्ने आवश्यकता छ।

प्रदर्शनका क्रममा सहभागीहरूले दलित समुदायमाथि हुने हिंसा र विभेद अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। न्याय सुनिश्चित नभए आन्दोलन थप सशक्त बनाइने चेतावनीसमेत उनीहरूले दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय