spot_img

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बमजनले पाए सफाइ

spot_img
spot_img

काठमाडौं,२० वैशाख । रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सफाइ दिएको छ। अदालतले सरकारी पक्षले प्रस्तुत गरेको आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै बमजनलाई निर्दोष ठहर गरेको हो।

न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले गत ८ वैशाखमा फैसला सुनाउँदै बमजनविरुद्ध दायर गरिएको ८ करोड ५९ लाख रुपैयाँ बिगो दाबी पुग्न नसक्ने जनाएको थियो। यसअघि उनी यही मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

बमजनमाथि बाल यौन दुराचार र व्यक्तिलाई बेपत्ता पारेको आरोपमा समेत मुद्दा चलाइएको थियो। तर उच्च अदालत जनकपुरले बाल यौन दुराचार मुद्दामा पनि उनलाई गत चैतमा सफाइ दिएको थियो। त्यसपछि उनी कारागारबाट रिहा भएका थिए।

यसअघि सर्लाही जिल्ला अदालतले २०८१ असारमा बमजनलाई १० वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त निर्णयविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन दिएका थिए।

बमजनमाथि सिन्धुपाल्चोकस्थित आश्रमबाट एक अनुयायी बेपत्ता भएको आरोपसमेत लागे पनि उक्त मुद्दा भने हालसम्म अदालतमा दर्ता भएको छैन। लामो समय फरार रहेका बमजनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०८० पुसमा काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय