मकवानपुर,२० वैशाख । मकवानपुरको भिमफेदी गाउँपालिका–२ स्थित भैँसेमा आइतबार सुमो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
हेटौँडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३३५४ नम्बरको टाटा सुमोले विपरीत दिशाबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०५४ प १८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि हेटौँडा पठाइएको प्रत्यक्षदर्शी विजय शाहले जानकारी दिएका छन्।
घटनापछि ट्राफिक प्रहरी दिवस कुमार चौरसियाको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा संलग्न सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

