बीरगन्जका ऐतिहासिक सम्पदा जोगाउन माइतीघरमा प्रदर्शन

spot_img

बीरगन्ज,२० वैशाख । बीरगन्जका ऐतिहासिक तथा प्राचीन सम्पदा संरक्षणको माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले वीरगञ्जमा भइरहेको भनिएको डोजर अभियान रोक्न माग गर्दै सांस्कृतिक र ऐतिहासिक संरचना जोगाउन सरकारसँग आग्रह गरेका थिए।

उनीहरूले “बीरगन्जमा डोजर आतंक बन्द गर” र “ऐतिहासिक सम्पदा मास्न पाइँदैन” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले विकासका नाममा पुराना सम्पदा नष्ट गर्न नहुने भन्दै बीरगन्जको सांस्कृतिक पहिचान संरक्षणका लागि राज्य गम्भीर हुनुपर्ने बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय