spot_img

मौसम प्रतिकूल हुँदा बारामा गहुँ उत्पादन घट्यो

spot_img
spot_img

बारा,२० वैशाख । बारामा यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य गिरावट आएको छ। कृषि ज्ञान केन्द्र बाराका अनुसार प्रतिकूल मौसमका कारण जिल्लामा करिब २० प्रतिशतले उत्पादन घटेको हो।

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले चालु आर्थिक वर्ष २०८२/८३ मा २९ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको जानकारी दिए। प्रतिहेक्टर ३.१ मेट्रिकटन उत्पादन हुने अपेक्षा गरिए पनि वास्तविक उत्पादन २.४८ मेट्रिकटनमा सीमित भएको उनले बताए।

यस वर्ष बारामा कुल ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको छ, जुन गत वर्षको तुलनामा करिब १७ हजार ९८० मेट्रिकटनले कम हो। गत आर्थिक वर्षमा जिल्लामा ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो।

कृषि अर्थविज्ञ गणेश महराका अनुसार उत्पादन घटे पनि यस वर्षको गहुँको गुणस्तर राम्रो रहेकाले कलैयासहित आसपासका बजारमा प्रतिक्विन्टल करिब चार हजार रुपैयाँमा बिक्री भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय