Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

कांग्रेसले १३ वर्ष देखि लिएर१८ वर्षका विद्यार्थीलाई प्रशिक्षण दिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २२ वैशाख — नयाँ पुस्तालाई पार्टीप्रति आकर्षित गर्न नेपाली कांग्रेसले १३ वर्षदेखिका विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको सभापतित्वमा बसेको बैठकले १३ देखि १८ वर्षका विद्यार्थीका लागि प्रशिक्षण दिने निर्णय गरेको हो ।

प्रतिष्ठानको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थीका लागि र १९ वर्षदेखि २८ वर्षसम्म उमेर समूहका लािग विशेष कार्यक्रम तर्जुमा गरी संचालन गर्ने ।’

विद्यार्थीहरूलाई राष्ट्रियता, लोकतन्त्र, समाजवाद, कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको जीवनी, नेतृत्वको योगदान, नेपाल परिचय, इतहास, संस्कृति, सम्पाद लगायतका विषयमा जानकारी दिने उद्धेश्यले यस्तो कार्यक्रम गर्न लागेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिएका छन् ।

पार्टीको संघीय संसद सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा सदस्यहरूका लागि पनि संवाद र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । कांग्रेसबाट निर्वा्चित गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको आचार्यले जानकारी दिए ।

पार्टीको राष्ट्रिय जागरण अभियानलाई सफल बनाउन भन्दै प्रतिष्ठानले विदेश स्थित जनसम्पर्क समितिलाई प्रशिक्षण दिने, संघ, प्रदेश, जिल्ला, क्षेत्र, गाउँपालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘काँग्रेस भेला’ आयोजना गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

थप समाचार