Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

निर्वाचन सुरक्षाका लागि हातहतियार...

रौतहट,०७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष,...

रौतहटमा लागूऔषधसहित भारतीय नम्बरका...

रौतहट,०७ माघ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

विमानमा आगलागी हुँदा कम्तीमा ४१, जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रुसमा एक यात्रुवाहक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । विमानमा समस्या देखिएपछि मस्को विमानस्थलमा आपत्कालीन अवतरण गारइएको थियो । अवतरणको क्रममा नै विमानमा आगो लागेको हो ।

विमानमा चालक दलका ५ जनासहित ७८ जना यात्रु सवार रहेका थिए । ३७ जना जिवित रहेको र केही घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसको सरकारी विमान कम्पनी एयरोल्फोटका अनुसार विमानमा केही समस्या देखिएपछि विमानस्थलतर्फ फर्काइएको थियो । यसबारे कम्पनीले विस्तृत जानकारी भने दिएको छैन ।

सामाजिक सञ्जालमा आइरहेका भिडियोमा यात्रुहरु विमानको आपतकालीन् ढोकाबाट निस्केर भागिरहेका छन् । भिडियोमा विमान अवतरण भइरहेको र कालो धूवाँ फालिरहेको देखिन्छ ।

सुखोइ सुपरजेट १०० विमान मस्कोको शेरमियतएभो विमननस्थलबाट मारमास्कको लागि उडान भरिरहेको थियो । विमानमा प्राविधिक समस्या देखिएपछि उडान भरेको केही समयपछि नै विमानस्थलमा आपतकालीन अवतरणका लागि फिर्ता गरिएको थियो ।

ताजा समाचार

थप समाचार