[ndc-today-date]
[ndc-today-date]

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

चेल्सी शीर्ष चारमा पर्न सफल

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इंग्लिस क्लब चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । लिगको ३७औं खेलमा वाट्फोर्डलाई ३–० ले हराउँदै चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगको टिकट काटेको हो ।
जितसँगै चेल्सीले ७१ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्याम पनि शीर्ष चारमा स्थान सुरक्षित गर्न सफल भएको छ ।
चेल्सीको जितमा रुवेन लफ्टस–चिक, डेविड लुइज र गोञ्जालो हिग्वेनले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ४८ औं मिनेटमा लफ्टस–चिकले, ५१ औँ मिनेटमा लुइजले र ७५ औँ मिनेटमा हिग्वेनले गोल गरेका थिए ।
महत्वपूर्ण खेलमा आर्सनलले ब्राइटन एण्ड होभ अल्वियनसँग १–१ गोलको बराबरीमा रोकियो । पिएरे अबामेयाङले नवौँ मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
६१औं मिनेटमा ग्लेन मुर्रेले पेनाल्टीमै गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए । म्यानचेस्टर युनाइटेडको पीडा पनि आर्सनलकै जस्तो रह्यो ।
च्याम्पियन्स लिगका लागि जित्नै पर्ने अवस्थामा रहेको युनाइटेडलाई रेलिगेसनमा परिसकेको हडर्सफिल्डले १–१ गोलको बराबरीमा रोक्यो । आर्सनल र म्यानचेस्टर युनाइटेड दुवैको ६६–६६ अंक छ ।

ताजा समाचार

spot_img

थप समाचार