Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

चेल्सी शीर्ष चारमा पर्न सफल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इंग्लिस क्लब चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । लिगको ३७औं खेलमा वाट्फोर्डलाई ३–० ले हराउँदै चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगको टिकट काटेको हो ।
जितसँगै चेल्सीले ७१ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्याम पनि शीर्ष चारमा स्थान सुरक्षित गर्न सफल भएको छ ।
चेल्सीको जितमा रुवेन लफ्टस–चिक, डेविड लुइज र गोञ्जालो हिग्वेनले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ४८ औं मिनेटमा लफ्टस–चिकले, ५१ औँ मिनेटमा लुइजले र ७५ औँ मिनेटमा हिग्वेनले गोल गरेका थिए ।
महत्वपूर्ण खेलमा आर्सनलले ब्राइटन एण्ड होभ अल्वियनसँग १–१ गोलको बराबरीमा रोकियो । पिएरे अबामेयाङले नवौँ मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
६१औं मिनेटमा ग्लेन मुर्रेले पेनाल्टीमै गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए । म्यानचेस्टर युनाइटेडको पीडा पनि आर्सनलकै जस्तो रह्यो ।
च्याम्पियन्स लिगका लागि जित्नै पर्ने अवस्थामा रहेको युनाइटेडलाई रेलिगेसनमा परिसकेको हडर्सफिल्डले १–१ गोलको बराबरीमा रोक्यो । आर्सनल र म्यानचेस्टर युनाइटेड दुवैको ६६–६६ अंक छ ।

ताजा समाचार

थप समाचार