सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

वीरगन्जमा मुख्यमन्त्री सिंहद्वारा मधेश...

वीरगन्ज,३१ भदाै । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरको गठन...

पाकिस्तानका १० सांसदलाई जमानत...

एजेन्सी,३१ भदाै। पाकिस्तानको एक आतंकवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका...

कास्कीमा डेङ्गी सङ्क्रणबाट ३...

गण्डकी,३१ भदाै । डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का...

सहकारी छानबिन समितिको प्रतिवेदन...

काठमाडौं, ३१ भदाै । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको...
26.1 C
Kathmandu
27.3 C
Birgunj

ढिडो र गुन्द्रुकः लेकको खान्की, शहरका ब्रान्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

तिख्खर स्वादको गुन्द्रुक, नरम ढिडो, टिमुर र गोलभेडाको अचार । अथवा तपाईं यसमा लोकल कुखुराको झोल पनि समावेश गर्न सक्नुहुन्छ । थोरै साग । त्यसमाथि दही भए त गजब !

- Advertisement -

यो हो रैथाने परिकार, ढिडो र गुन्द्रुक । लेकाली भेगको मुख्य खान्की, शहरका सौखका । कतिपय लेकाली भेगमा अझैपनि ढिडो र गुन्द्रुक खाइन्छ । पिरो, अमिलो गुन्द्रुकसँग ढिडोले बिहान र साँझको छाक टारिन्छ । गाउँघरतिर यसलाई अडिलो खाना भनिन्छ । अर्थात एक छाक भरपेट खाएपछि दिनभरलाई पुग्ने ।

शहरमा सौखको खान्की

- Advertisement -

शहरमा चाहि ढिडो सौखिनहरुले खाने खान्की हो । कुनै दिन स्वाद फेर्नुपरेमा धेरैले आफ्नो भान्सामा ढिडो मस्काउन थाल्छन् । ढिडोको लागि कोदोको पिठो भए हुन्छ, मकैको पिठो भए हुन्छ, फापरको पिठो भए हुन्छ । अर्थात विकल्प धेरै छन् । पकाउन उत्तिकै सजिलो । सजिलो मात्र कहाँ हो र ? स्वादिलो पनि ।

त्यही कारण त शहरका नामी रेष्टुरेन्टको मेनुमा उपलब्ध छ, ढिडो र गुन्द्रुक । कतिपय त यस्ता रेष्टुरेन्ट छ, जसले मूख्य खान्कीको रुपमा ढिडो र गुन्द्रुक नै पस्कने गरेको छ । शहर एवं राजमार्गका होटलररेष्टुरेन्टको विकाउ परिकार हो यो । रुचीकर परिकार हो । शहरमा ढिलो र गुन्द्रकमा मिसिएको छ, लोकल कुखुराको झोल । पीरो, अमिलो, नुनिलो चट्ट मिलेको झोलसँग नरम ढिडो डल्ला बनाउँदै निल्नुको स्वाद राम्रो हुन्छ ?

सीमापारी ढिडो र गुन्द्रुक

ढिडो र गुन्द्रुक शहरको छुटै ब्रान्ड हो । त्यसो त यो परिकार नेपाली समुदायले सात समुन्द्रपारी पनि र्पुयाएका छन् । विदेशका नेपाली रेष्टुरेन्टहरुले समेत सगर्व ढिडो र गुन्द्रुक पस्किरहेका छन् । जहाँ–जहाँ नेपाली छन् , त्यहाँको चुल्होमा ढिडो र गुन्द्रुक त पाकेकै छ । अझ भनौं, ढिलो र गुन्द्रुकमा नेपालीले आफ्नोपनको स्वाद पाउँछन् । आफ्नो माटोको मिठास पाउँछन् ।

लेकाली भेगमा फापर, कोदो, मकै उत्पादन हुन्छन् । त्यस भेगका यि रैथाने उत्पदनबाट ढिडो बन्छ । जैविक खाना यसै स्वादिलो र स्वस्थ्यकर हुने हो, त्यसमाथि पोषिलो त छँदै छ ।

अब कुरा गरौं, गुन्द्रुकको

गुन्दु्रक पनि हाम्रो आफ्नै रैथाने परिकार हो । रायो वा तोरीको सागलाई ओइलाएर विशेष किसिमले गलाएपछि त्यो अमिलो हुन्छ । यसलाई घाममा सुकाएर भण्डारण गरिन्छ । जति(जति बेला तरकारी अभाव हुन्छ, गुन्द्रुकको झोल पकाइन्छ । अर्थात दुःखको छाक टार्ने खान्की पनि हो, गुन्द्रुक ।
ढिडो र गुन्द्रुक आपसमा मिल्ने परिकार हुन् । त्यसलाई गोलभेडा र टिमुरको अचारले थप तिख्खर बनाउँछ ।

कति स्वस्थ्यवर्द्धक ?

ढिडो र गुन्द्रुकमा हामी आफ्नो स्वाद भेट्छौ । किनभने यो हाम्रा पूर्खाहरुले तयार गरेको थाली हो । अतः यो थाली कति सन्तुलित एवं पौष्टिक छ त ? ढिडो र गुन्द्रुक कति स्वस्थ्यवर्द्धक खान्की हो ?

पहिलो कुरा त, मकै, कोदो, फापर आदि हाम्रै खेतबारीमा उत्पादन हुने अन्न हुन् । यसकारण यो सर्वसुलभ छ । अक्सर आफ्नै बालीनालीमा उत्पादन हुने भएकाले विषादीको प्रयोग हुँदैन । अर्थात जैविक उत्पादन भए । मकै, कोदो, फापरमा पोषकतत्व पनि पर्याप्त हुन्छ । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड जस्ता समस्याबाट मुक्त रहनका लागि पनि यस्तो खाना निकै उपयोगी हुनेछ ।

गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइड्रेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदार्थ पाईन्छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार