spot_img

मलेसियामा कराँते प्रतियोगिता ५ स्वर्ण र ८ पदक जित्न सफल

spot_img
spot_img

भैरहवा, २३ बैशाख – मलेसियाको इपोह पेयर्कमा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक जित्न सफल भएका छन् । यहाँ स्थित इन्द्रमुलिया स्टेडियममा जारी खेलमा नेपालको तर्फबाट नेपाल रेन्बुकाई कराँतेका सातजना खेलाडीले विभिन्न तौलमा प्रतिष्पर्धा गरेका थिए ।

जसमा नेपाल रेन्बुकाई कराँते डो संघको तर्फबाट महिलातर्फ हिरादेवी राई, जुनियर तर्फ ८ वर्ष मुनिको उमेर समूहमा कुमिते तर्फ तिलोतमा नगरपालिका रुपन्देहीका ईश्वर विक, १० वर्ष उमेर समूहमा रुपन्देहीकै संगम नेपाली, १२ वर्ष समूहमा युजिन गुरुङ, १३ वर्षमा समुद्र सिंह राना, १४ वर्ष उमेर समुहमा सविन श्रेष्ठ, ओमसतिया गाउँपालिका रुपन्देहीका कमल चौधरीले १५ वर्ष उमेर समुहमा प्रतिष्पर्धा गर्दै पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएको नेपाल रेन्बुकाई कराँते संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशम लाल लामा तामाङले जानकारी दिए ।

स्वर्ण जित्नेमा नोबेल इन्भरमेण्ट एकेडमी कोटिहवाका ईश्वर विक, न्यु नमुना बोर्डिङ स्कुल भलुहीका युजिन गुरुङ, सिद्धार्थ ग्यालेक्सी कोटिहवाका समुद्रसिंह राना, गुरुकुल इन्स्टीच्युटका सविन श्रेष्ठ, सनलाईट बोर्डिङ स्कुल ओमसतियाका कमल चौधरी रहेका छन्।

यस्तै प्रतियोगितामा सन्जिवनी शिक्षा सदनका संगम नेपाली रजत, हिरादेवी राईले काता तथा कुमितेमा गरी दुई रजत पटक प्राप्त गरेको प्रशिक्षक कमरुद्दिन अलि (मोहम्मद अलि) ले जानकारी दिए । १२ वर्ष उमेर समूहमा नेपाली खेलाडी युजिनसँग उज्वेकिस्तानका खेलाडिले निकै प्रतिष्पर्धातमक खेल खेल्दा युजिनले किक प्रहार गरी आफ्नो दवावमा राख्दै नतिजा नेपालको पक्षमा पार्न सफल भए।

कुनै पनि प्रतियोगितामा हार नव्यहोरेका उज्वेकिस्तानका खेलाडीले नेपाली प्रतिष्पर्धीसँग हार खाएसँगै आँखाबाट आसु झार्दै एरिनाबाट बाहिरिए । उनले आफ्नो प्रतिष्पर्धी नेपाली खेलाडी युजिनलाई मायाको चिनो समेत प्रदान गरे। यो दृष्य सबैका लागि आर्कषक बनेको थियो। विजयी खेलाडीलाई मलेसियाको स्पेयर्कका युवा तथा खेलकुद मन्त्री यब ईन्सिक लि चाउन होनले प्रमाण पत्र तथा पदक हस्तान्तरण गरे ।

भारत, मलेसिया, सिंगापुर, जर्मनी, इण्डोनेसिया, पाकिस्तान, दुवई, इक्जुस्थानलगायत १६ राष्ट्रका करिब एक हजार बढी खेलाडी सहभागी प्रतियोगितामा नेपालको तर्फबाट दुई टोली सहभागी भएका थिए। निकै प्रतिष्पर्धात्मक रहेको खेलमा सबै नेपाली खेलाडीहरुले आफ्नो प्रतिष्पर्धीलाई दबाबमा राखेर खेल खेले संघका प्रशिक्षक कमरुद्दिन अलिले भने हाम्रो खेलाडीले आफ्नै मेहनतमा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक प्राप्त गर्नु गौरवको विषय हो ।

थुप्रै राष्ट्रका बीचमा नेपाली टोली अनुशासित तथा सबैको आर्कषक बन्न सफल भएको भन्दै ओकनवा गजुरियो डो एशियाका प्रमुख प्रशिक्षक सिहान एस.के आनन्थानले नेपाली टोलीको निकै प्रशंसा गरे। नेपालले सन् २०१९÷२० लाई भिजिट वर्षका रुपमा मनाउन गइरहेकोले यसलाई सफल बनाउन आफु नेपाल आउने उनले प्रतिवद्धता जनाए।

प्रतियोगितामा नेपाली चेली पुष्पा गुरुङले रेफ्रिको भुमिका निभाएकी थिइन्।कुनै पनि खेलमा निरन्तरता दिने र लगनशिल भएर लाग्ने हो भने अन्तराष्ट्रिय रुपमा निर्णायकको भुमिकामा पुग्न सकिने र देश तथा आफ्नो नाम राख्न कुनै कठिन नरहेको उनको भनाई छ।नेपालको तर्फबाट सिनियरतर्फ पुरुषमा ओकनवा गजुरियो कराँते संघ नेपालका खेलाडीले सहभागिता जनाएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय