महावीर पुनले असन्तुष्ट भएर मन्त्री पद छाडेका हुन् : प्रधानमन्त्री कार्की

spot_img

काठमाडौं,१९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन असन्तुष्ट भएर क्याबिनेटबाट बाहिरिएको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उनले पुनले केही कानुन निर्माणको माग गरे पनि ती समयमै बनाउन नसक्दा उनी रिसाएर पद छाडेको जानकारी गराइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार पुनले प्रस्ताव गरेका कानुनहरू सकारात्मक भए पनि विभिन्न परिस्थिति र प्रक्रियाका कारण तत्काल निर्माण गर्न सम्भव भएन । “महावीर पुनज्यू केही कानुन बनाउन आग्रह गर्नुभएको थियो । ती कानुन राम्रा नै थिए,” प्रधानमन्त्रीले भनिन्, “तर छोटो समयमा कानुन बनाएर सहयोग गर्न सकिएन, त्यसैले उहाँ असन्तुष्ट हुनुभयो ।”

प्रधानमन्त्री कार्कीले यस्ता विषयलाई व्यक्तिको निर्णय र अधिकारका रूपमा बुझ्नुपर्ने बताइन् । महावीर पुनले शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय