काठमाडौं, २४ वैशाख । आगामी आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्याक्रम मंगलबार संसदबाट पारित गर्ने तयारी भएको छ ।
सरकारको तर्फबाट शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यत्रममा आइतबारदेखि संसदमा छलफल हुँदै आएको छ ।
मंगलबार बिहान ११ बजे बस्ने संसदको बैठकमा बोल्न बाँकी केही सांसदले आफ्ना विचार प्रस्तुत गर्नेछन् ।
नीति तथा कार्यक्रमका सम्बन्धमा उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।