Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

हिजो नियन्त्रणमा लिएको भैसीको ४ ओटा पाडापाडीहरुको आज लिलाम बिक्री

सिफारिस

प्रहरीले भारतबाट भन्सार छ्ली गरि नेपाल भित्र्याउदै गरेको अवस्थामा हिजो नियन्त्रणमा लिएको भैसीको ४ ओटा पाडापाडीहरुको आज लिलाम बिक्री गरिएको छ।हिजो ईलाका प्रहरी कार्यालय ठोरी र विजयवस्ती प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलिले ठोरी ४ मालिवस्तिबाट ४ ओटा पाडापाडीहरु नियन्त्रणमा लिएको थियो।भन्सार छ्ली गरी नेपाल भित्र्याइएको पाडापाडीहरुलाई प्रहरीले नियन्त्रणमा लिदै विजयवस्ती प्रहरी चौकीमा राखेको थियो।चौकीमा राखिएको पाडापाडीहरुको भन्सारका कर्मचारीको रोहबरमा लिलामीमा बिक्री गरिएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए।मुल्यबढाबढको आधारमा लिलाम गरिएको पाडापाडी रु ४० हजारमा ठोरी ४ का भिम बहादुर श्रेष्ठले सकार गरेको उनले बताए ।लिलाम बापत प्राप्त रकम भन्सार कार्यालयमा जम्मा हुने पनि उनले जानकारी दिए।यसअघि पनि करीब ३ साता अघि मालिवस्तिबाट नियन्त्रणमा लिएको राँगाभैंसी पनि प्रहरीले रु ५० हजारमा भन्सारको कर्मचारीको रोहबरमा लिलामी बिक्री गरेको थियो।
यसैबिच कर छलेर ल्याइएका ३१ वटा राँगा र भैंसी बरामद बिरगंजमा बरामद भएको छ। सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका(३२ बाट ३१ वटा राँगा र भैंसी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल १४ नं. गुल्म हेडक्वाटर राजश्व तथा भन्सार सुरक्षा गस्ती पर्साको टोलीले वीरगञ्ज(३२ सोलखपुर राँगा र भैंसी नियन्त्रणमा लिएको हो ।बरामद गरिएको राँगा भैंसीको बजार मूल्य ७ लाख रहेको अनुमान सशस्त्र प्रहरीले गरेको छ ।पर्साबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ३१ वटा राँगा, भैसी, पाडापाडी बरामद गरिएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए ।राँगा भैंसी ल्याउने व्यक्ति भने भागकोले पक्राउ गर्न नसकिएको उनको भनाइ छ । नियन्त्रणमा लिएको राँगा, भैसीं आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ

ताजा समाचार

थप समाचार