वीरगन्ज,३१ बैशाख चितवन समाज जर्मनीको सहयोगमा समता स्कुलका बालबालिकाहरुलाई स्टेशनरी समाग्री वितरण गरिएकोछ । संस्थाका संस्थापक सदस्य दिपेन्द्रसुवेदी,अरुण अधिकारी सहितको वीरगन्ज पुगेको टोलीले वीरगन्जका युवा समाजसेवीहरुको सहयोगमा वीरगन्ज कारागारमा रहेको समता स्कुलका
कपी,कलम,पेन्सिल,केलकुद समाग्री वितरण गरेकोछ ।
संस्थाको अध्यक्ष यज्ञराज सुवेदीको संयोजकत्वमा जर्मनीमामा संकलन गरिएकोरु १ लाख २० हजार बराबरको शैक्षिक समाग्री संस्थाका प्रतिनिधिहरुले वीरगन्जमा वितरण गरेको हो । शैक्षिक समाग्री वितरण कार्यक्रममा स्कुलका शिक्षिका अनामिका मिस एवं विद्यालयका अन्य शिक्षक, शिक्षिका, वीरगन्जका समाजसेवी यवुाहरु उमशे पटेल,केशव मिश्र,दिनेश पटेल, अनिता चौधरी लगायतको उपस्थिती रहेको थियो।