spot_img

एउटै वडामा मापदण्डबिपरीत ५ वटा क्रसर सन्चालन, स्थायिलाई सास्ती

spot_img
spot_img

बीरगंज, १ ज्येष्ठ — मोरङको उर्लाबारी नगरपालिका वडा न. १ मा मापदण्डविपरीत सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका क्रसर हटाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

स्थानीयवासीको आन्दोलनपछि भने सो क्षेत्रमा टिपर सञ्चालनमा अवरोध पुगेको छ । मानवबस्ती सँगै धमाधम क्रसर उद्योग सञ्चालन हुन थालेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । क्रसर सञ्चालन गर्न राजमार्गबाट ५०० मिटर, खोला किनारबाट ५०० मिटर, हाइटेन्सन लाइनबाट १०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट २ किलोमिटर दूरीमा उद्योग रहनुपर्ने सरकारले मापदण्ड तोकिएको भएतापनि यहाँका क्रसर उद्योगले अटेरी गरेका छन् ।

स्थानीयवासीले दुई क्रसर सार्न माग गरिरहँदा उल्टै अरु तीन क्रसर उद्योग त्यही ठाउँमा निर्माणाधीन रहेका छन् ।स्थानीयवासीले वडा कार्यालय, नगरपालिका हुँदै घरेलु तथा साना उद्योग कार्यालयमा पनि उजुरी दिदा पनि सुनुवाइ नभएपछि स्थानीयवासीले उच्च अदालत विराटनगरमा गत माघ १ गते रिट दायर गरेका थिए । सो रिटको समेत अहिलेसम्म कुनै सुनवाइ नभएपछि स्थानीयवासी रिले अनशन शुरु गर्दै आन्दोलित बनेका हुन् ।

क्रसरले यस क्षेत्रमा करीब एक हजार घरपरिवारलाई प्रत्यक्षरूपमा असर परिरहेको वडाध्यक्ष मच्छिन्द्र कार्कीले बताउनुभयो । सङ्घर्ष समितिका संयोजक सम्मरबहादुर राईले क्रसर उद्योग स्थापनाले धुलो, उच्च ध्वनि तथा वातावरणीय प्रदुषण बढाएको गुनासो गर्नुभयोे । क्रसर उद्योगका कारण बर्खाको समयमा बस्ती नै डुबानमा पर्ने जोखिम रहेको स्थानिय को भनाइ छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय