Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025
Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025

शिथिल अर्थतन्त्रलाई गति दिन...

काठमाडौं,०५ असार । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल...

नेप्से २४.७६ अंकले घट्यो

काठमाडौं,०५ असार । आज सेयर बजारमा सबै समूहगत सूचकहरू ओरालो लागेका छन्नेन् । नेप्से...

पत्रकार पाठकमाथि दवाव अस्वीकार्य...

काठमाडौं,०५ असार । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश...

सांसद मेटमणि चौधरीविरुद्ध ५...

वीरगन्ज,०५ असार । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा दाङ–१ बाट निर्वाचित सङ्घीय सांसद...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
32.8 C
Birgunj
spot_imgspot_imgspot_img

एउटै वडामा मापदण्डबिपरीत ५ वटा क्रसर सन्चालन, स्थायिलाई सास्ती

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १ ज्येष्ठ — मोरङको उर्लाबारी नगरपालिका वडा न. १ मा मापदण्डविपरीत सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका क्रसर हटाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् ।

- Advertisement -

स्थानीयवासीको आन्दोलनपछि भने सो क्षेत्रमा टिपर सञ्चालनमा अवरोध पुगेको छ । मानवबस्ती सँगै धमाधम क्रसर उद्योग सञ्चालन हुन थालेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । क्रसर सञ्चालन गर्न राजमार्गबाट ५०० मिटर, खोला किनारबाट ५०० मिटर, हाइटेन्सन लाइनबाट १०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट २ किलोमिटर दूरीमा उद्योग रहनुपर्ने सरकारले मापदण्ड तोकिएको भएतापनि यहाँका क्रसर उद्योगले अटेरी गरेका छन् ।

स्थानीयवासीले दुई क्रसर सार्न माग गरिरहँदा उल्टै अरु तीन क्रसर उद्योग त्यही ठाउँमा निर्माणाधीन रहेका छन् ।स्थानीयवासीले वडा कार्यालय, नगरपालिका हुँदै घरेलु तथा साना उद्योग कार्यालयमा पनि उजुरी दिदा पनि सुनुवाइ नभएपछि स्थानीयवासीले उच्च अदालत विराटनगरमा गत माघ १ गते रिट दायर गरेका थिए । सो रिटको समेत अहिलेसम्म कुनै सुनवाइ नभएपछि स्थानीयवासी रिले अनशन शुरु गर्दै आन्दोलित बनेका हुन् ।

क्रसरले यस क्षेत्रमा करीब एक हजार घरपरिवारलाई प्रत्यक्षरूपमा असर परिरहेको वडाध्यक्ष मच्छिन्द्र कार्कीले बताउनुभयो । सङ्घर्ष समितिका संयोजक सम्मरबहादुर राईले क्रसर उद्योग स्थापनाले धुलो, उच्च ध्वनि तथा वातावरणीय प्रदुषण बढाएको गुनासो गर्नुभयोे । क्रसर उद्योगका कारण बर्खाको समयमा बस्ती नै डुबानमा पर्ने जोखिम रहेको स्थानिय को भनाइ छ ।

ताजा समाचार

spot_img

थप समाचार