Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

अनेरास्ववियु र क्रान्तिकारीले संयुक्त रुपमा मनाए विद्यार्थी एकता दिवस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । ५५ औं विद्यार्थी एकता दिवसको अवसरमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले संयुक्त रुपमा प्रभातफेरी आयोजना गरेका छन् । प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निःशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएका थिए ।

बुधबार विहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भुगोलपार्कमा पुगेर समापन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग माग गरेका थिए ।

अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नविना लामाले आगामी आर्थिक वर्षमा गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सांसददेखि संसदसँगको बहसलाई तीव्रता दिइएको दावी पनि गरिन् ।

कार्यक्रममा अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले दुवै विद्यार्थी संगठनहरुलाई आम विद्यार्थीहरुको गर्विलो संगठनको रुपमा स्थापित गराउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

५५ औं विद्यार्थी एकता दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा दुई संगठनबीचको एकतामा ढिलाई नहुने प्रतिवद्धतासहितको नारा पनि घन्काइएको थियो ।

२०२१ जेठ १ गते विद्यार्थीहरुले निकालेको प्रर्दशनमाथि तत्कालीन पञ्चायती शासकले दमन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष जेठ १ गते अर्थात् आजकै दिन विद्यार्थी एकता दिवस मनाउने गरिन्छ ।

ताजा समाचार

थप समाचार