Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

अनेरास्ववियु र क्रान्तिकारीले संयुक्त रुपमा मनाए विद्यार्थी एकता दिवस

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । ५५ औं विद्यार्थी एकता दिवसको अवसरमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले संयुक्त रुपमा प्रभातफेरी आयोजना गरेका छन् । प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निःशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएका थिए ।

- Advertisement -

बुधबार विहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भुगोलपार्कमा पुगेर समापन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग माग गरेका थिए ।

- Advertisement -

अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नविना लामाले आगामी आर्थिक वर्षमा गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सांसददेखि संसदसँगको बहसलाई तीव्रता दिइएको दावी पनि गरिन् ।

कार्यक्रममा अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले दुवै विद्यार्थी संगठनहरुलाई आम विद्यार्थीहरुको गर्विलो संगठनको रुपमा स्थापित गराउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

५५ औं विद्यार्थी एकता दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा दुई संगठनबीचको एकतामा ढिलाई नहुने प्रतिवद्धतासहितको नारा पनि घन्काइएको थियो ।

२०२१ जेठ १ गते विद्यार्थीहरुले निकालेको प्रर्दशनमाथि तत्कालीन पञ्चायती शासकले दमन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष जेठ १ गते अर्थात् आजकै दिन विद्यार्थी एकता दिवस मनाउने गरिन्छ ।

ताजा समाचार

spot_img

थप समाचार