Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

नन्दु हत्या प्रकरणमा पाँच...

बारा,०६ असार । बाराको कलैया उपमहानगरपालिका–१४ मा जेठ २९ गते घटेको नन्दु राउत...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
33 C
Birgunj
spot_imgspot_imgspot_img

गर्भवती महिलाहरुको ज्यान बचाई चर्चा कमाउँदै डा. विरेन्द्र

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १ जेष्ठ – विगत १ महिनादेखि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्युसँग लडीरहेकी दिपीका अर्यालको अन्ततः जीत भएको छ । प्रसुती व्यथा लागेपछि अस्पताल भर्ना भएकी दिपीकाको अपरेशन गरि डिलीभरी गराइएको थियो ।

- Advertisement -

अस्पतालमा भर्ना हुँदा दिपीकाको रक्तचाप उच्च रहेको, किड्नी र लिभर पनि काम नगर्ने अवस्थामा पु्गिसेकेको थियो । त्यति मात्र होईन रगतमा पाईने प्लेटेलेट्स् तथा हेमोग्लोबिनको मात्रा अति न्युन भईसकेको थियो । डिलिभरीको लागि अति नै हाई रिक्स अवस्थामा पुगिसकेकी दिपीकाको उपचार सम्भव नहुने लगभग पक्का थियो । उनको अप्रेशन गरि सफल डिलीभरीको अवस्था पनि नरहेको वीरगन्जका चर्चित गाईनेकोलोजिष्ट हरुले बताईसकेका थिए । परिवारका सदस्यहरुले छोरी बाँच्ने आशा गुमाईसकेका थिए ।

अन्तीम प्रयासको लागि दिपीकालाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गराईयो । र, उनको उपचारमा डा. विरेन्द्र भगतको टोलिले सफल उपचार गर्ने जिम्मा लियो । दिपीकाका अनुसार डा. विरेन्द्र आफ्नो जीवनमा भगवान भएर आएको तथा बाँच्ने आशा नै मरिसकेको अवस्थामा जीवनदान दिई ठ्लो गुण लगाएका छन् । मेडिकल कलेमा ३ महिना अघि मात्र आएका डा. विरेन्द्र भगत दिपीका जस्तै धेरै गर्भवती महिलाहरुको ज्यान बचाई रहेका छन् ।

दिपीकाको उपचारमा संलग्न डा. भगतका अनुसार दिपीकाको अवस्था धेरै नै नाजुक रहेको कारण यस्तो हाई रिक्स अवस्थामा कोही चिकित्सकहरुले रिक्स लिन चाहँदैनन् । र, वीरगन्जमा समय अभावको कारण पनि यहाँका गाईनोहरुले दिपीका जस्तै केसहरुलाई बाहिर रेफर गर्दै आएका छन् ।

तर, मिहिनेत गर्यो भने यस्ता केसहरुलाई पनि सफल उपचार गर्न सकिन्छ । अप्रेशन गरी बच्चा निकाल्दा बच्चाको वजन केवल १ किलो ३०० ग्राम रहेको थियो । डा. भगतका अनुसार उनको टोलीको निरन्तरको मिहिनेत पश्चात दिपीका र उनको बच्चालाई बचाउन सफल भइएको हो ।

अप्रेशन पश्चात टाका लगाईसकेपछि घाउ बाट अत्यधिक रक्तस्राव भईरहँदा सेतो र रातो गरि १७ पोका रगत चढाउनुपरेको थियो । सात दिन आईसियुमा राखि गरिएको उपचार तथा एक महिनाको अस्पताल भर्ना पछि छोरीलाई डा. भगतले जीवनदान दिएको बिरामीका बुवा द्वारिका उपाध्यायले बताए । भगत जस्तो डाक्टर वीरगन्जमा मैले नपाएको र अब म डा. भगतको भगत भैसकेको उनले बताए ।

शिक्षण अस्पताल धरानबाट एमबिबिएस तथा पिजिआई कलेज चण्डीगढबाट एमडी पढेका डा. भगत वीरगन्ज क्षेत्रमा जनताहरुका लागि देवदुत बनेर आएको दिपीकासँगै उपचाररत अन्य बिरामीहरुको भनाई छ ।

नेशनल मेडिकल कलेजको प्रसाशन विभाग पनि डा. भगतको कामबाट निकै हर्षिछ छन् । डा. भगत बिरामीको ज्यान बचाउनका लागि जस्तो सुकै अवस्थामा पनि काम गर्न तत्पर रहने गरेको बताउँछन् । आफ्ना लागि बिरामीको ज्यान भन्दा प्यारो केही पनि नभएको उनको भनाई छ ।

ताजा समाचार

spot_img

थप समाचार