spot_img

‘बम’ आतंक मचाएको आरोपमा दुई जना पक्राउ

spot_img
spot_img

झापा – कनकाई पुल नजिकै कुकर बम राखेर आतंक मचाएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेस्टिगेसन टिम (रिट) र प्रहरी कार्यालय झापाको संयुक्त टोलीले उनिहरूलाई इटहरी चोक नजिकैबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ।

पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ।

प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठकाअनुसार बम राखेर आतंक मच्चाएको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो।

बैशाख २९ गते बिहान गोर्खा नेपाल जनुमक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर बम भेटिएको थियो। मोर्चाले सुगौली सन्धी मार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज, भ्रष्टचारीलाई कारबाही, निःशुल्क शिक्षा र उपचारसहितको माग राखेको पर्चा बमसँगै राखेको थियो।

मोर्चाले राखेको कुकरमा सालाईका काटी, सिसाका टुक्रा र खानेपानीको पाइप भेटिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय