spot_img

दैवि प्रकोप न्युनिकरणका लागि पर्सामा पूर्व तयारी शुरु

spot_img
spot_img

बीरगंज, १ ज्येष्ठ — आउँदो वर्षातको मौसममा बाढी र डुवानको सम्भावित् क्षति न्यूनीकरणको लागि पर्सामा पूर्वतयारी थालिएको छ । वर्षातको समयमा आउन सक्ने बाढी तथा डुवानबाट जनधनको सम्भावित क्षति रोक्न जिल्ला विपद् व्यवस्थापन समितिले योजना तयार पारेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई अध्यक्ष रहनु भएको जिल्ला विपद् व्यवस्थापन समितिले विगतका घटनाबाट पाठ सिक्दै स्थानीय तहमा बाढी र डुवानको जोखिममा रहेका स्थान, त्यहाँ बसोबास गर्ने जनसंख्या र घरधुरी यकिन गरी त्यस्ता स्थानमा मनसुन पूर्व तयारी योजना कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । यस्ता योजनामा स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र संघीय सरकारबाट गर्नुपर्ने काम पनि उल्लेख छ ।
बाढी र आगलागीलाई समेत लक्षित गरी विपद्को समयमा राहत तथा आपतकालीन कार्यका लागि प्रत्येक स्थानीय तहमा कम्तिमा २० लाखको विपद् व्यवस्थापन चक्रीय कोष बनाइने निर्णय हालै सम्पन्न समितिको वैठकले गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।
राहत तथा उद्दारका काममा सहयोग लिन सकिने सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको स्रोत साधनको लगत संकलन र आँकलनको काम समेत अगाडी बढाईएको छ । पर्साका १४ वटै स्थानीय तहमा विपद् सम्पर्क स्थान वा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र र सम्पर्क व्यक्ति तोक्ने योजना बनाईएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।
जिल्लामा सञ्चालित् एम्बुलेन्सको संख्या र सम्पर्क अद्यावधिक गर्नुका साथै आपतकालीन राहत र उद्दारका लागि गाउँ पालिकाहरूमा हेलिकप्टर अवतरण गर्न सक्ने स्थानको पहिचान गरिने तथा बाढीको जोखिम कम भएका सरकारी तथा सार्वजनिक ठाउँहरुको सूची तयार गर्ने कार्य भई रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय