Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

यसरी बनाइयो राइन नदीलाइ प्रदुषण मुक्त, के सिर्सियालाई बनाउन सकिदैन ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, २ ज्येष्ठ — युरोपका सबैभन्दा ठुला नदिहरुको बारेमा कुरा गर्दा राइन नदि को नाम पनि अग्रपंक्तीमा आउँछ । स्वीजरल्याण्डको आल्प्स पहाडबाट निस्किने नदिको लम्बाई १ हजार २ सय ३० किलोमिटर छ । आल्प्स पहाडबाट निस्किने यो नदि फ्रान्स, जर्मनी र नेदरल्याण्ड हुँदै उत्तरी सागरमा पुग्दछ । राइन नदि युुरोपको सबैभन्दा महत्वपुर्ण जलमार्ग भएतापनि सफा स्वच्छ र निर्मल पानीका लागि दुनियमा प्रसिद्ध छ ।

सन् १९५० को दशक देखि १९७० को दशकसम्म प्रदुषणले भरिएको यो नदि उद्योगधन्दा, कलकारखानाबाट निस्कीने प्रदुषणले हेरी नसक्नुको थियो । कसैले सोचेको पनि थिएन की पछी आएर यो नदि सफा पानीको लागि चर्चाका बिषय बन्छ भनेर ।


जर्मनी, फ्रान्स र स्वीजरल्याण्ड मिलेर नदि सरसफाइ अभियान शुरु गरेर कडा कानुन बनाएपछि त्याँहाका जनतालाई जनचेतना जगाउनुका साथै नदि सफाइका लागि थुप्रै मेहनत गरेका थिए । फलस्वरुप त्यही परिश्रमको फल अहिले दुनियाभर यो नदि सफा नदिका लागि प्रसिद्ध छ ।
यो त भयो नेपाल बाहिरको कुरा अब आफ्नो देशमा भएका केही नदिका बारेमा कुरा गरेर आफ्नै देशको बेइजत गर्न नचाहेर पनि भन्नैपर्ने हुन्छ ।
हिन्दुहरूको एकमात्र आस्था र विश्वासको केन्द्रका रूपमा रहेको नदि हो बागमती नदी । हिन्दु जगत्को पवित्र तीर्थस्थल एवम् सभ्यताको प्रतीकको रूपमा रहेको बागमती नदी मानवीय अतिक्रमणका कारणले अत्यधिक प्रदूषित भई् अस्तित्वविहीन अवस्थामा पुगेको छ । बागमती नदि लाई सफा बनाउन सरकारले बिभिन्न कार्यक्रम ल्याएपनि ति कार्यक्रम सम्बन्धित समितिका पदाधिकारीले कमाइखाने भाँडो बनाएर आफ्नो जिवनस्तर सुधारे तर बागमती नदीको अवस्था कहिलै सुध्रिएन ।


देशकै प्रमुख भन्सार नाका बीरगंजको कुरा गर्दा बढ्दो जनसङ्ख्या, अनियन्त्रित शहरीकरण, अव्यवस्थित ढल निर्माण र औद्योगिक एवम् गार्हस्थ फोहरमैला निष्कासनले सिर्सिया नदिको अवस्था पनि प्रदुषीत बनेको छ ।

यस तर्फ पनि सम्बन्धित निकायको ध्यान केन्द्रित नभएको होइन तर चेतनास्तरको कमी, देशभक्ति राष्ट्रप्रेमी र मातृभुमिलाइ माया गर्ने नेता तथा जनप्रतिनिधि भन्दा पनि आफ्नो गोजि भर्ने हरुको बिगबिगी हुँदा देशका थुप्रै प्राकृतिक सम्पदाहरु ओझेलमा परेको सबै नेपालिलाइ अवगत नै छ ।

परिणामस्वरुप अब पनि सबैले आँखा बन्द गरेर बस्ने हो भने बागमती, सिर्सिया जस्ता थुप्रै प्रदुषीत नदिका कारण भविष्यमा ठुलो संकट नआउलान भन्न सकिदैन ।

ताजा समाचार

थप समाचार