Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

देशभरको मौसम बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, २ ज्येष्ठ — पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

 

बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा, स्थानीय वायुको प्रभाव तथा पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखाले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविदले अनुमान गरेका छन । मौसमबिदका अनुसार शनिबार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुने छ ।

तीन दिनको मौसम
जेठ २ गते
दिउँसो
देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशको पूर्वी भूभागका तथा मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा अपरान्हतिर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

राति
देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

जेठ ३ गते
दिउँसो
देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति
देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

जेठ ४ गते
दिउँसो
देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पश्चिमी पहाडी भूभागका थोरै स्थानमा तथा मध्य र पूर्वी भू भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति
देशका पहाडी भुभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

ताजा समाचार

थप समाचार