लगानीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको अर्थमन्त्रि खतिवडाको दावि

spot_img

बीरगंज २ ज्येष्ठ — अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीको वातावरण बनिसकेको बताउनुभएको छ । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन र एकद्वार प्रणाली कार्यान्वयनमा आएको उहाँको भनाइ छ ।

बिहीबार काठमाडौं आयोजित दुईदिने नेपाल–भारत लगानी सम्मेलनमा उहाँले लगानीका लागि आह्वान गर्नुभयो । पर्यटन वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा उहाँले सेवा क्षेत्रसहित उद्योगमा लगानीका लागि सम्भावना रहेको बताउनुभयो ।

लगानीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको बताउँदै ५ प्रतिशत ब्याजदरमा ऋण लिन सकिने र यसले लगानीकर्तालाई सहज हुने उहाँले बताउनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय