शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
21.1 C
Kathmandu
27.3 C
Birgunj

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको एकता, को–को बने अध्यक्ष ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंग्याएको हो ।

- Advertisement -

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विद्यार्थीको संयोजकमा पूर्व एमालेबाट ऐन महर, सहसंयोजकमा पूर्व माओवादीबाट रञ्जित तामाङ वा सुरेन्द्र बस्नेत (तामाङले नमानेमा), युवाको संयोजकमा पूर्व माओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा र सहसंयोजकमा पूर्व एमालेबाट रमेश पौडेल वा किरण (रमेशले नमानेमा), महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापामगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेलको टुंगो लागेको छ ।

त्यस्तै पत्रकारको संयोजकमा पूर्व माओवादीबाट महेश्वर दाहाल र सहसंयोजकमा पूर्व एमालेबाट गणेश बस्नेत, वुद्धिजीवीको संयोजकमा पूर्व एमालेबाट डा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा पूर्व माओवादीबाट कृष्ण केसी र मजदुरको संयोजकमा पूर्व एमालेबाट विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडा चयन भएका छन् ।

- Advertisement -

मानवअधिकार तथा सामाजिक अभियानको संयोजकमा मीनबहादुर शाही पूर्व एमाले र सहसंयोजकमा पूर्व माओवादीबाट हुकुम पोख्रेल तथा कानुनको संयोजकमा पूर्व एमालेबाट रुद्र नेपाल तथा सहसंयोजकमा पूर्व माओवादीबाट डा दीनमणी पोख्रेल चयन भएका छन् । यो पहिल्यै टुंगिएको ती नेताले जानकारी दिए ।

बैठकले गरेका निर्णय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ । एकता प्रकृयाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको एक सचिवालय सदस्यले नागरिक खबरलाई जानकारी दिए । अन्यको नाम सार्वजनिक हुन बाँकी छ ।

विद्यार्थीको संयोजक– ऐन महर

वाईसीएलको संयोजक– दीपशीखा

महिलाको संयोजक– अमृता थापामगर

पत्रकारको संयोजक– महेश्वर दाहाल

बुद्धिजीवीको संयोजक– डा. दिनेशचन्द्र देवकोटा

मजदूरको संयोजक– विनोद श्रेष्ठ

कानुन संयोजक-रुद्र नेपाल

मानवअधिकार तथा सामाजिक अभियान संयोजक-मीनबहादुर शाही

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -