Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
14.9 C
Birgunj
spot_img

चुनावपछि अर्थतन्त्र स्थिरता र गतिमा फर्किन्छ : अर्थमन्त्री खनाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१० पुस । नेपाल सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले फागुन २१ गते हुने निर्वाचनपछि देशको अर्थतन्त्र पूर्ण रूपमा लयमा फर्किने विश्वास व्यक्त गर्नुभएको छ। लहानस्थित रामकुमार शारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले चुनाव सम्पन्न गराउने प्रमुख जिम्मेवारीका कारण अपेक्षित आर्थिक सुधार गर्न नसके पनि सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गरिरहेको बताउनुभयो।

अर्थमन्त्री खनालका अनुसार विनियोजित बजेट कार्यान्वयनको चरणमा पुगेको छ र अर्थतन्त्रलाई पुनः गतिशील बनाउने प्रक्रिया सुरु भइसकेको छ। “चुनावपछि अर्थतन्त्र पूर्ण रूपमा लयमा फर्किनेछ,” उहाँले भन्नुभयो।

देशको अर्थतन्त्र सबल बनाउन विधिको शासन, प्रणालीगत सुधार र व्यवहारमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उहाँले जेनजी आन्दोलनबाट उठेका मागलाई संस्थागत गर्न परिवर्तनकारी शक्तिको नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

आफू राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका क्रममा लहान क्षेत्रको सामाजिक परिवेशसँग परिचित रहेको स्मरण गर्दै मन्त्री खनालले ४७ वर्षसम्म रजिस्ट्रेशन हुन नसकेको अस्पतालको जग्गा जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै समाधान गरेको उल्लेख गर्नुभयो। दाता परिवार मुरारका र शारडाको चाहना पूरा गर्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो।

अस्पतालको थप विकासका लागि विनियोजित बजेटबाट थप रकम दिन कानुनी प्रावधान नहुने भए पनि स्वास्थ्य मन्त्रालय र मधेश प्रदेश सरकारको बजेटबाट ट्रमा सेन्टर सञ्चालनका लागि पहल गरिने विश्वास अर्थमन्त्रीले व्यक्त गर्नुभयो।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनसंख्याको अनुपातमा बजेट नपुगेका कारण शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा चाहेजति काम गर्न नसकिएको बताउनुभयो। दाता परिवारका प्रतिनिधि मुरारीलाल मुरारका र पवनकुमार शारडाले वर्तमान सरकारले ४७ वर्षदेखिको समस्या समाधान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।

जिल्ला उद्योग वाणिज्य संघ सिरहाका लहान अध्यक्ष विकास शारडाले उद्योगी–व्यवसायीलाई लगानीमैत्री वातावरण र सुरक्षाको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाउनुभयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जितकुमार झाले दैनिक चार सयभन्दा बढी बिरामीले सेवा लिने अस्पतालमा भौतिक सुधार र दक्ष चिकित्सकको आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जङ्गीलाल राय, प्रदेशसभा सदस्यहरू, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष रामनारायण मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो।

ताजा समाचार

थप समाचार