[ndc-today-date]
[ndc-today-date]

सुनको मूल्य बढयो

काठमाडौँ,०८ जेठ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज मात्र सुन...

१० महिनामा यूएईमा २६१...

काठमाडौं,०८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म)...

विदेश पठाउने प्रलोभनमा ठगी...

काठमाडौं,०८ जेठ । वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई ठगी गरी फरार रहेका...

पत्नीको हत्या गरेका हरिराम...

जनकपुर,०८ जेठ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा पत्नीको हत्या गरेर फरार रहेका हरिराम यादवलाई...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

घरेलु रक्सी पिउनु भो , रक्सीमा मिसीएको थियो प्याड र पिसाब !

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दाङ —दाङमा उत्पादन हुने घरेलु मदिरा (रक्सी)मा महिलाले महिनावारी हुँदा प्रयोग गरिएका प्याड र पिसाब प्रयोग हुने गरेको पाइएको छ ।

- Advertisement -

दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबको प्रयोग गर्ने गरेको भेटिएको हो ।
सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मदिरा नियन्त्रण अभियानमा यस्तो अवस्था भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास संस्था, महिला र प्रहरीको संयुक्त सहभागितामा भएको अनुगमनमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा भेटिएको घरेलु रक्सीमा यस्ता चिज प्रयोग भएको पाइएको स्थानयी हेमराज शर्माले बताए ।

- Advertisement -

रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक क्रियाकपाल भइरहेको ठहर गर्दै थालिएको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडाका विभिन्न टोलबाट जफत गरिएको घरेलु रक्सीमा त्यस्ता वस्तु भेटिएको र घरेलु रक्सी हानिकारक भएको भेटिएको प्रहरीले बताएको छ ।

‘यो अभियान थाल्ने बेलामा हामीले कल्पना नगरेका वस्तुहरु रक्सी बनाउन प्रयोग गरिएको भेटियो, प्रहरी चौकी गोग्लीका इञ्चार्ज विष्णुबहादुर बुढाथोकीले भने, ‘भन्न पनि लाज लाग्छ । प्याड, प्याज राखेका पुराना बोरा, फाटेका जुत्ता चप्पल र मानिसको पिसाबसमेत घरेलु मदिरा बनाउदा प्रयोग गरेको भेटियो ।’

स्थानीय स्तरमा उत्पादन हुने रक्सीमा विषाक्त पदार्थहरुको प्रयोग गरेको पाइएपछि रक्सीलाई नष्ट गरिएको बताइएको छ । अवैध रुपमा रक्सी उत्पादनले घरेलु हिंसा, समाजमा झैझगडा, स्वास्थ्यमा असर र आर्थिक नोक्सानी हुने भन्दै नियन्त्रण गर्न थालिएको घोराही उपमहानगरपालिका–४ का अध्यक्ष भीमबहादुर सार्कीले बताए ।

टोलीले अहिलेसम्म ५ हजार लिटर अवैध रक्सी जफत गरेर नष्ट गरेको बताएको छ । वडाका वसन्तपुर, बाह्रहाङे, उपल्लो भकारे, तल्लो भकारे, ढुंगेडाँडा, फल्ले डाँडा, माझगाउँ, सुनपुर, राजधानी टोल, पारखेत, शान्तिनगरलगायत टोलका गाउँमा अवैध रुपमा मदिरा उत्पादन भइरहेको पाइएकोको नष्ट गरिएको अध्यक्ष सार्कीले बताए ।

ताजा समाचार

spot_img

थप समाचार