पर्साको ठोरी ४ मा रहेको मावि विजयवस्तिले आजदेखि छात्रावास सन्चालन

spot_img
पर्साको ठोरी ४ मा रहेको मावि विजयवस्तिले आजदेखि छात्रावास सन्चालन गर्न लागेको छ।पछिल्लो समय शैक्षिक गुणस्तर सुधारमा अभियान नै थालेर लागिपरेको विद्यालयले कक्षा १० का छात्रछात्राहरुलाई लक्षित गरेर छात्रावास सन्चालन गर्न लागेको हो। यसबर्षको अन्तिममा सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने र विद्यार्थीको समग्र शैक्षिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले छात्रावास सन्चालन गर्न लागिएको प्रधानाध्यापक नारायण लामाले जानकारी दिए।छात्रावासमा छात्रहरुलाई विद्यालयमा नै आवासीय सुविधा मिलाइएको छ भने छात्राहरुलाई विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र बस्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक लामाले जानकारी दिए!छात्रवासमा वस्ने विद्यार्थीको लागी खानाको व्यवस्था अभिभावकले गर्नुपर्ने विद्यालयले जनाएको छ। छात्रावासमा रहने विद्यार्थीलाई आज एक कार्यक्रममाबीच छात्रावासको नियम पालना गर्न र अनुशासित रहने प्रतिबद्धता जनाउन सपथ समेत गराइएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष बहादुर श्रेष्ठको विशेष उपस्थितिमा विद्यार्थीहरुलाई सपथ गराउदै सपथ पत्रमा हस्ताक्षर समेत गराइएको प्रधानाध्यापक लामाले बताए ।सपथ पश्चात् विव्यस अध्यक्ष श्रेष्ठले अबिर लगाएर विद्यार्थीहरुलाई छात्रावास वसाईको शुभकामना व्यक्त गरेका थिए।
spot_img

ताजा अपडेट

लोकप्रिय