Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

पर्साको ठोरी ४ मा रहेको मावि विजयवस्तिले आजदेखि छात्रावास सन्चालन

spot_imgspot_img
spot_img

सिफारिस

पर्साको ठोरी ४ मा रहेको मावि विजयवस्तिले आजदेखि छात्रावास सन्चालन गर्न लागेको छ।पछिल्लो समय शैक्षिक गुणस्तर सुधारमा अभियान नै थालेर लागिपरेको विद्यालयले कक्षा १० का छात्रछात्राहरुलाई लक्षित गरेर छात्रावास सन्चालन गर्न लागेको हो। यसबर्षको अन्तिममा सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने र विद्यार्थीको समग्र शैक्षिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले छात्रावास सन्चालन गर्न लागिएको प्रधानाध्यापक नारायण लामाले जानकारी दिए।छात्रावासमा छात्रहरुलाई विद्यालयमा नै आवासीय सुविधा मिलाइएको छ भने छात्राहरुलाई विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र बस्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक लामाले जानकारी दिए!छात्रवासमा वस्ने विद्यार्थीको लागी खानाको व्यवस्था अभिभावकले गर्नुपर्ने विद्यालयले जनाएको छ। छात्रावासमा रहने विद्यार्थीलाई आज एक कार्यक्रममाबीच छात्रावासको नियम पालना गर्न र अनुशासित रहने प्रतिबद्धता जनाउन सपथ समेत गराइएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष बहादुर श्रेष्ठको विशेष उपस्थितिमा विद्यार्थीहरुलाई सपथ गराउदै सपथ पत्रमा हस्ताक्षर समेत गराइएको प्रधानाध्यापक लामाले बताए ।सपथ पश्चात् विव्यस अध्यक्ष श्रेष्ठले अबिर लगाएर विद्यार्थीहरुलाई छात्रावास वसाईको शुभकामना व्यक्त गरेका थिए।

ताजा समाचार

spot_img

थप समाचार