9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
14.2 C
Birgunj

दुई वटा बस एक आपसमा ठोक्किँदा १ चालकको मृत्यु, ३० घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ४ जेठ — हेटौंडा उपमहानगरपालिका वडा न. ३ बसामाडीमा दुई वटा बस एक आपसमा ठोक्किँदा एक जना चालकको ज्यान गएको छ । दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

काठमाडौंबाट हेटौंडा आउँदै गरेकोे ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको बस शनिबार बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा ना ७ ख २०५७ नम्बरको बस चालक उदयपुर बरही ६ का ४० वर्षीय मानबहादुर मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकाहरुमध्ये गम्भीर घाइते ३ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ । १२ जना घाइतेको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ । अन्य घाइते भने सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -