सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...

शिक्षा मन्त्रालयको अख्तियारलाई पत्र...

काठमाडौँ,०३ वैशाख । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस...
23.1 C
Kathmandu
33 C
Birgunj

विवाह भएको ५ महिनामै बुवा बन्दै कपिल शर्मा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । चर्चित भारतीय कमेडियन कपिल शर्माको घरमा नयाँ सदस्यको आगम हुने भएको समाचारहरु भारतीय सञ्चार माध्यमहरुमा प्रकाशन भएका छन् ।

- Advertisement -

भारतीय टीभीको एक शो ‘सास, वहू र सस्पेन्स’ को रिपोर्ट अनुसार कपिल शर्माको घरमा नयाँ सदस्यको आगमन हुन लागेको हो । समाचारका अनुसार कपिलकी श्रीमती गिन्नी शर्मा गर्भवती छिन् । कपिल र गिन्नीको विवाह डिसेम्बरमा भएको थियो । अर्थात ५ महिना अघि कपिलसँग गिन्नीको विवाह भएको थियो ।

कपिलले १२ डिसेम्बर २०१८ मा आफ्नो बाल्यकालकी साथी गिन्नी चतरथसँग विवाह गरेका थिए ।

- Advertisement -

कपिल शर्माले सोनी टिभीमा द कपिल शर्मा शोको दोस्रो सिजनको सानदार शुरुवात गरेका छन् । कपिलको शो लगातार टीआरपी बटुल्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवाह पछि कपिल टीभीमा फिर्ता भएका थिए ।

पहिलो शोका क्रममा शो का चर्चित कलाकार डा। गुलाटीसँग विवाद गरेका थिए । रक्सीका कारण भएको भनिएको विवादका कारण कपिलको कार्यक्रममा भूइचालो नै आएको थियो । धेरै जनाले शो छोडेका थिए भने अन्तिममा आएर कार्यक्रम नै बन्द भएको थियो ।

कपिलले सुनिल ग्रोबरमा फर्काउन निकै प्रयास गरेको भएपनि उनी सफल भएका थिएनन् । फ्यानहरले भने कपिल र सुनीलले सँगै काम गर्नुपर्ने बताउँदै आएका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार