शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
28.8 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

बैतडीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ३ घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सोही दुर्घनामा अन्य ३ जना घाइते भएका छन्। देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका- ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

- Advertisement -

दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका-१० बाराकोट अन्दाजी ४५ वर्षीय हिराबल्लभ भट्ट,सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको छ। मृत्यु हुनेमध्ये एकजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका- १० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका(१०का नवीन भट्ट घाइते भएका छन्। जीप दुर्घटनाको कारण भने खुलेको छैन्।

- Advertisement -

जीप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलतर्फ प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरी नेतृत्वको टोली गएको छ भने घाइतेलाई अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -