spot_img

बैतडीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ३ घाइते

spot_img
spot_img

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सोही दुर्घनामा अन्य ३ जना घाइते भएका छन्। देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका- ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका-१० बाराकोट अन्दाजी ४५ वर्षीय हिराबल्लभ भट्ट,सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको छ। मृत्यु हुनेमध्ये एकजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका- १० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका(१०का नवीन भट्ट घाइते भएका छन्। जीप दुर्घटनाको कारण भने खुलेको छैन्।

जीप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलतर्फ प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरी नेतृत्वको टोली गएको छ भने घाइतेलाई अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय