काठमाडौं – टिभिएसका मोटरसाइकल तथा स्कुटर अब नेपालमै एसेम्बल हुने भएका छन्। टिभिएसका दुई पांग्रे बिक्री वितरणको जिम्मा पाएको जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि प्रक्रिया अघि बढाएको हो ।
नेपालमै एसेम्बल गर्नका लागि काम अघि बढाइएको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक दिपक अग्रवालले जानकारी दिए । एसेम्बल गर्नका लागि सम्भाव्यता अध्ययनको काम सकाएर प्रशासनिक तथा अन्य काम भईरहेको अग्रवालको भनाइ रहेको छ ।
हाल नेपालमा बजाजको डिस्कभर मोडलका मोटरसाइकल नेपालमा एसेम्बल भइरहेका छन् । नेपालमै एसेम्बल भएपछि मूल्यमा केही सस्तो र रोजगारी सिर्जनामा योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ ।
नेपालमै एसेम्बल भएका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमै खपत हुने अवस्था जुनजुन मोडलको आउछ त्यसको उत्पादन शुरु गर्ने कम्पनीले जनाएको छ ।