शनिबार, कार्तिक २४, २०८१
Sat, November 9, 2024
शनिबार, कार्तिक २४, २०८१
Sat, November 9, 2024

रास्वपाले सहकारी पीडितहरूको रकम...

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बसेको...

नेता निधिको प्रश्न- प्रदेश...

२४ कात्तिक, जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानमा व्यवस्था भएअनुसार प्रदेश...

यु-१९ एसिया कप क्रिकेट...

रन्जित कुमार यु-१९ एसिया कपका लागि एसियन क्रिकेट काउन्सिलद्वारा घोषित टोलीमा चयन भएकोमा...

पुरुष यू–१९ एसिया कपका...

२४ कात्तिक, काठमाडौं । पुरुष यू–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा...
17.1 C
Kathmandu
22.6 C
Birgunj
spot_imgspot_imgspot_img

प्रहरी खोजीमा रहेकालाई समात्न विमानस्थलमा ‘फाइन्ड डिभाइस’, दुई लाखको विवरण सुरक्षित

सिफारिस

काठमाडौं -नेपाल प्रहरीले प्रहरीको खोजीमा रहेका व्यक्तिलाई आवतजावत गर्न नदिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘माइन्ड डिभाइस’ लाई थप आधुनिक बनाउने भएको छ । अन्तरराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहकार्यमा विमानस्थलमा जडान गरिएको ‘माइन्ड डिभाइस’ लाई थप आधुनिकतामा लैजान नेपाल प्रहरीको इन्टरपोल शाखा र अध्यागमन विभागबीच सहमति भएको हो ।

- Advertisement -

डिभाइसले प्रहरी खोजीमा रहेका, रेड नोटिस जारी भएका व्यक्तिको पासपोर्टलाई ’रिड’ गर्ने र हराएका ‘ट्राभल डकुमेन्ट’को समेत रिड गर्ने प्रहरी महानिरीक्षकको सचिवालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उमेशराज जोशीले जानकारी दिए । उनका अनुसार डिभाइसमा विभिन्न मितिमा हराएका १ लाख ८४ हजार ८२४ ट्राभल डकुमेन्ट सुरक्षित छन् ।

जोशीका अनुसार अब कसैले हराएका कागजपत्र पेश गरेर बाहिर जाँदा सजिलै पक्राउ पर्नेछन् । नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख समेत रहेका एसएसपी जोशीका अनुसार नयाँ प्रविधि अन्तर्गत ‘फाइन्ड’ डिभाइस जडान गरिनेछ । यो डिभाइस जडान भएपछि अध्यागमन विभागलाई इन्टरपोलको ‘अपडेटेड डाटाबेस’ मा पहुँच हुनेछ र ‘रियल टाइम सर्च’ को सुविधा प्राप्त हुनेछ । यसका लागि इन्टरपोलको प्रधान कार्यालयले तीन वर्षसम्म निःशुल्क इन्टरनेट र अन्य उपकरण प्रदान गर्नेछ । एसएसपी जोशीका अनुसार इन्टरपोल नेपालको आधुनिकीकरण र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा जडान गरिएको ‘माइन्ड डिभाइस’को स्तरवृद्धिका लागि यही महिना इन्टरपोल प्रतिनिधि समेत नेपाल आउनेछन् ।

- Advertisement -

यसअघि कुनै व्यक्तिलाई पक्राउ गर्न वा आवजावतमा रोक लगाउन प्रहरीले अध्यागमनमा पत्र पठाउने गरेको थियो । प्रहरीकै पत्रको आधारमा अध्यागमनले आफ्नो डाटामा राख्ने गरेको थियो । पत्र पठाउने र डाटा राख्ने काम प्रभावकारी नभएपछि प्रहरीले उक्त डिभाइस जडान गरेको थियो । प्रहरी अधिकारीका अनुसार माइन्ड डिभाइसमा हराएका वा चोरी भएका राहदानी र हराएका सवारी साधनको विवरण सुरक्षित हुन्छ ।

फाइन्ड डिभाइसमा भने आपराधिक व्यक्तिको व्यक्तिगत विवरण (फोटो, औंठा छाप, डीएनए) लगायतका विवरण राखिएको हुन्छ । यसअघि इन्टरपोल र अध्यागमनको डाटाबेस नजोडिँदा इन्टरपोलका १ सय ९२ सदस्य राष्ट्रले जारी गरेको रेड नोटिस र डिफ्युजन नोटिसमा भएका आपराधिक व्यक्ति नेपाल प्रवेश गर्ने खतरा रहेको अधिकारीले बताउँदै आएका थिए । फाइन्ड डिभाइस प्रयोग गर्ने मुलुकमा कुनै पनि व्यक्तिको राहदानी अध्यागमन अधिकृतले आफ्नो डाटाबेसमा राखेलगत्तै इन्टरपोलको डाटासँग म्याच हुन्छ । त्यो व्यक्ति आतंककारी वा आपराधिक भए–नभएको तत्काल जानकारी हुन्छ ।

अफलाइन डाटाबेसलाई माइन्डमा निश्चित समयमा आएका वा गएका यात्रुको विवरण म्याच गरिन्छ । माइन्ड डाटाबेसमा यात्रुको विवरण म्याच गरुन्जेलमा शंकास्पद व्यक्तिले अध्यागमन पार गरिसकेको हुने भएकाले यो फाइन्डको तुलनामा प्रभावकारी कम मानिन्छ । अनलाइन डाटाबेस सिस्टम भएकाले फाइन्ड डिभाइस धेरै मुलुकले प्रयोग गर्दै आएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा इन्टरपोलको डाटा उपलब्ध भएपछि अवाञ्छित व्यक्तिको आवागमन र उनीहरूको सम्भावित अवैध चलखेलमा कमी आउने प्रहरीको अपेक्षा छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार