मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.7 C
Birgunj

श्रीलंकाविरुद्धको पहिलो अभ्यास खेलमा दक्षिण अफ्रिका ८७ रनले विजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

श्रीलंकाविरुद्धको पहिलो अभ्यास खेलमा दक्षिण अफ्रिका ८७ रनले विजयी भएको छ ।

- Advertisement -

कार्डिफमा अफ्रिकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको श्रीलंका २५१ रनमा समेटिएको थियो । श्रीलंकालाई दाबाबमा राख्न दक्षिण अफ्रिकाका एन्डिले फेलिकुवावले सर्वाधिक ४ विकेट लिएका थिए । लुन्गी एनगिडीले २ विकेट हात पारे ।

श्रीलंकाका लागि दिमुथ करुनारत्नेले सर्वाधिक ८७ रन बनाउँदा एन्जेलो म्याथ्यूजले ६४ रनको योगदान गरे । कुशल मेन्डिसले ३७ तथा जीवन मेन्डिसले १८ रन बनाए ।

- Advertisement -

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको नोक्सानीमा ३३८ रन बनाएको थियो । उसका लागि सबै ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे । फाप डु प्लेसिसले ८८ रन बनाउँदा हसिम अमलाले ६५ रनको योगदान गरे । यसैगरी हेनरिक डुसनले ४० तथा क्रिस मोरिस २६ तथा डेविन पेट्रियोस २५ रनमा नट आउट रहे ।

श्रीलंकाका सुरंगा लकमल र नुवान प्रदीपले दुई-दुई विकेट हात पारे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -