spot_img

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नया बसपार्कमा सरसफाइ

spot_img
spot_img

बीरगंज, ११ जेठ — समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र व्यवस्थित बिरगंज अभियानको संयुक्त आयोजनामा बिरगंज महानगर पालिका वाड न.१५ नया बसपार्कमा सरसफाइ गरिएको छ ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा भएको सरसफाइ कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई, बिरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगी, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, प्रहरी नायब उपरीक्षक मान बहादुर राई, सशस्त्र प्रहरी नायब उपरीक्षक बिकास भुजेल, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक राज कुमार सिंह, व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्की, वडा न.४ का अध्यक्ष जगत साह कानु, बसपार्क प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक श्यामकिसोर यादव लगायत बिभिन्न सरसफाइकर्मी, सन्चारकर्मि, लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय